Best Online News From Nepal

भरतपुरमा २० करोड उठाउने लक्ष्य साथ महायज्ञ

अर्जुन भुसाल , भरतपुर महानगरपालिका-११ मा सथीत धार्मिक तथा ऐतिहासिक स्थल गणेशस्थानलाई गणेश धामको रुपमा विकास गरिने भएको छ ।

पत्रकार सम्मेलन गरी  आयोजकले ‘गणेश धाम’ निर्माण गर्न यही मंसिर २२ गतेदेखि २९ लागिएको जानकारी दिइएको छ । महायज्ञ सञ्चालनका लागि गणेशस्थान मन्दिर संरक्षण तथा संवर्द्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेको संयोजकत्वमा एक हजार १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको हो ।

महायज्ञमा युवा वाचक पण्डित दिनबन्धु पोखरेलले प्रवचन दिने र करिब २० करोड रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य आयोजकले लिएको छ । महायज्ञ सम्पन्न गर्नका लागि करिब ७० लाख खर्च हुने अनुमान गरिएको छ । गणेशस्थान क्षेत्रलाई धामको रुपमा विकास गर्न डीपीआर निर्माणको काममा करिव १४ लाखको लागतमा डीपीआर निर्माण भइरहेको छ ।