Best Online News From Nepal

ब्रिटेनसँग विशेष सम्बन्धः अमेरिका

आफ्ना राष्ट्रपतिले ब्रिटिश प्रधानमन्त्रीको विदेश नीतिको चर्को आलोचना गरेपछि अमेरिकाले ब्रिटेनसँग विशेष सम्बन्ध रहेको बताएको छ।

यसअघि राष्ट्रपति बराक ओबामाले ब्रिटिश प्रधानमन्त्री डेविड क्यामरनको लिबिया नीतिको चर्को आलोचना गरेका थिए।

‘दि एट्लान्टिक’ मासिक पत्रिकासँगको अन्तर्वार्तामा ओबामाले सैनिक हस्तक्षेपपछि ब्रिटेन र फ्रान्सले लिबियालाई अस्तव्यस्त हुन दिएको बताएका थिए।

तर त्यसको केही घण्टापछि वासिङटनमा ह्वाइट हाउसका एकजना वरिष्ठ प्रवक्ताले बीबीसीलाई अनपेक्षित रुपमा पठाएको एउटा वक्तव्यमा उत्तर एट्लान्टिक सन्धि संगठन नेटोको राम्रो नेतृत्व गरेको भन्दै ब्रिटिश प्रधानमन्त्री डेविड क्यामरनको प्रशंसा गरिएको छ।

प्रयास

Imagcopyrightepa

बीबीसीका उत्तर अमेरिका सम्पादक जोन सोपेल भन्छन्, ओबामा प्रशासन अहिले गम्भीर क्षति नियन्त्रणको प्रयासमा देखिन्छ।

अन्तर्वार्तामा ओबामाले सन् २०११ मा लिबियामा गरिएको हस्तक्षेपपछि क्यामरनको ध्यान त्यहाँबाट हटेको बताएका थिए।

आफूले सोचेअनुसार कारवाही सम्पन्न भएपनि अहिले लिबिया अस्तव्यस्त बनेको उनले बताए।

ब्रिटिश प्रधानमन्त्रीलाई आफूले त्यहाँको कुल गार्हस्थ उत्पादनको २ प्रतिशत रक्षामा खर्च गरिनुपर्ने समेत भनेको ओबामाले अन्तर्वार्तामा उल्लेख गरेका छन्।

अन्तर्वार्ताबारे कुरा गर्दै अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का एकजना प्रवक्ताले क्यामरन ओबामाले भनेजस्तै अमेरिकाको नजिकको साझेदार भएको र साझा राष्ट्रिय सुरक्षा एवम् विदेश नीति उद्देश्य प्राप्तिबारे ब्रिटेनले पुर्याएको योगदानको अमेरिकाले विशेष महत्व दिएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *