Best Online News From Nepal

बौद्ध देखी ताहाचल केवलकार,भाडा ४० रुपैयाँ !

काठकाडौंमा चन्द्रगीरी केवल कार सञ्चालन भएको केही समय मै राधानीमा अर्को केवलकार सञ्चालन हुने भएको छ । राजधानीको बौद्धदेखि ताहचलसम्म केबलकार सञ्चालनका लागि तयार गहृकार्य हुन थालेको छ ।  बौद्धदेखि ताहचलसम्मको दुरी मात्रै आधा घण्टामा तय गर्न सकिने छ । हालै गरिएको एक अध्ययनले केबलकार संचालन संभव भएको देखाएपछि यसको सञ्चालन गर्न गृहकार्य हुन  थालेको छ । सार्वजनिक यातायात वा निजी साधन जस्तै आधा घण्टामा पुगिने सो गन्तब्यको अनुमानित एक तर्फी भाडादर मात्र ४० रुपैयाँ लाग्ने छ । ५० केवलकार रहने उक्त रुटमा सात केवलकार स्टप प्रस्ताव गरिएको छ भने केवल कार जमिनभन्दा एक सयदेखि दुई सय फिट माथि रहने भएकाले दृश्यावलोकका साथै पर्यटनको विकासमा पनि प्रचुर सम्भावना रहने छ । सो अध्ययनले सामाजिक र वातावरणीय पक्षलाई समेट्दै दैनिक ६० हजार यात्रुले केवलकारको प्रयोग गर्ने अनुमान गरेको छ। भौतिक योजना तथा यातायात मन्त्रालय  अध्ययन समितिका अनुसारसहरमा चालु रहेका यातायातको विकल्पको रुपमा केबलकार रहेकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *