Best Online News From Nepal

बोलेरो जीप पल्टियो बाबु विष्टको मृत्यु, बनेपा तनाब ग्रस्त

काठमाडौंबाट बनेपातर्फ सामान लिएर आएको बा.१८ च ३११९ नम्बरको महेन्द्र बोलेरो जीप काभ्रेको जनागालमा अनियन्त्रित भई पल्टिंदा जनागालका स्थानीय बाबु विष्टको मृत्यु भएको छ । विष्ट पेन्टिङ गर्ने मजदुर हुन् । प्रत्यक्षदर्शीकाअनुसार दुर्घटना हुनुअघि स्थानीय विष्ट सडक किनारामा हिंडिरहेका थिए ।  काठमाडौंबाट आइरहेको बोलेरो जीप अनियन्त्रित भई पल्टिंएर विष्टलाई किचेको प्रहरीले जनाएको छ ।

ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि काभ्रेको बनेपा-१० जनागालमा तनाव भएको छ । स्थानीयले अरनिको राजमार्ग बन्द गरेर प्रदर्शन गरिरहेका छन् । ५८ वर्षीय बाबु विष्टको बनेपाकै शिरमेमोरियल अस्पतालमा मृत्यु भएको हो । विष्टका अाफन्त र स्थानीयवासीहरुले सडकमा टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका छन् । ठक्कर दिने गाडी र चालकलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ ।  प्रदर्शन प्रदर्शनकारी स्थानीयको भिडलार्इ नियन्त्रणमा लिन अहिले प्रहरी परिचालन गरिएको छ ।

सडकमा फुटपाथको व्यवस्था गर्नुपर्ने र सडकमा ट्राफिक विटको व्यवस्था गर्नुपर्ने उनीहरुको माग रहेको छ ।

तस्विर- डिजि सर्वहारा

Leave a Reply

Your email address will not be published. Required fields are marked *