Best Online News From Nepal

बुधबारको नेप्से : परिसूचक समान्य बढ्दा घट्यो कारोबार

बुधबार नेपाल स्टक एक्सचेन्जमा सवा एक अर्ब रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ । ४ घण्टाको अवधिमा १ सय ४६ वटा कम्पनीको १७ लाख ५८ हजार ४ सय ६८ कित्ता सेयर ६ हजार १ सय ८९ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब २५ करोड २३ लाख ७० हजार २८ रुपैयाँ बराबरको कारोबार भएको हो । मंगलबारको तुलनामा धेरै वटा कम्पनीको कारोबार भएपनि बुधबार कारोबार रकम घटेको हो । मंगलबार १ अर्ब ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्से परिसूचक बुधबार ९.३७ अंकले बढेर १७९७.४५ अंकमा कायम भएको छ । होटल र जलविद्युत्बाहेक सबै समूह बढेका छन् । साताको सुरुदेखि नै घटिरहेका होटल र जलविद्युत् मंगलबार उच्च अंकले बढेका थिए । बुधबार पुनः होटल २९.३८ र जलविद्युत् १०३.३१ अंकले घटेका छन् । बैंकिङ समूहक ९.३८ अंकले बढ्दा विकास बैंक १७.२१ अंकले बढेको छ भने फाइनान्स ०.८ अंकले बढेको छ । सबैभन्दा धेरै बीमा समूह १२६.१४ अंकले बढेको छ । उत्पादनमूलक र अन्य क्रमशः ५३.०६ र ४.३४ अंकले बढेका छन् ।

मंगलबारको तुलनामा बैंकिङ समूहको कारोबार बुधबार घटेको छ । मंगलबार पौने ७६ करोडको कारोबार भएको यो समूहको बुधबार ५५ करोड ८३ लाखको मात्रै कारोबार भएको छ । त्यस्तै, विकास बैंकको साढे १४ करोडको कारोबार भएको छ भने फाइनान्सको १ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ । यी दुबै समूहको कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको हो ।

कम्पनीगत आधारमा हेर्दा बुधबार लुम्बिनी जेनेरल इन्स्योरेन्सको सबैभन्दा धेरै साढे ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । एनबी बैंकको ७ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ भने नेपाल इन्भेष्टमेन्ट कैंकको पनि ७ करोडमाथिको सेयर कारोबार भएको छ । शिखर इन्स्योरेन्सको ६ करोड ५९ लाख र एनएमबी बैंकको ६ करोड ४९ लाख रुपैयाँको कारोबार हुँदा माछापूछ्रे बैंक र एनलजी इन्स्योरेन्सको ४ करोडमाथिको कारोबार भएको छ भने सिद्धार्थ डेभलपमेन्ट बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक लगायतको ३ करोडमाथिको सेयर कारोबार भएको छ ।

बुधबार ८४ वटा कम्पनीले अधिकतम १० प्रतिशतदेखि ०.०४ प्रतिशतसम्मका दरले सम्पत्ति बढाएका छन् । सबैभन्दा धेरै हाम्रो विकास बैंकका लगानीकर्ताले कमाएका छन् । शाइन रेसुंगा डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकका सेयरधनीले क्रमशः ९.९६ र ९.८० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । सिद्धार्थ डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, लक्ष्मी लघुवित्त, रिलायबल माइक्रोफाइनान्स, किसान माइक्रोफाइनान्स, कैलाश विकास बैंक लगायतले पनि कमाएका छन् ।

दिनभरिमा ५४ कम्पनीका लगानीकर्ताले अधिकतम १० प्रतिशतदेखि न्यूनतम ०.११२ प्रतिशतसम्मले गुमाएका छन् ।  सबैभन्दा धेरै अपि पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने सबैभन्दा थोरै नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । एनआईबीएल समृद्धि फण्ड १ का लगानीकर्ताले साढे ९ प्रतिशतले गुमाएका छन् भने बरुण हाइड्रोपावरका लगानीकर्ताले ८.४० प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै, अरुण भ्याली हाइड्रोपावर, सानिमा माइ हाइ«ोपावर, बुटवल पावर कम्पनी लगायतले पनि गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *