Best Online News From Nepal

बाराक ओबामाको रोजाईमा नेपाली कफि

नेपालमा वि.सं. १९९५ मा गुल्मी आँपचौर निवासी हीरा गिरीले वर्माबाट बिउ ल्याएर कफी खेतीको शुरुवात गरेका थिए । त्यसपछि पाल्पा, स्याङजा, पर्वत, अर्घाखाँची, कास्की, लमजुङ, तनहुँ, गोर्खा, ललितपुर, धादिङ, मकवानपुर, म्याग्दी, सिन्धुपाल्चोक, काभ्रे आदी जिल्लाहरुमा कफी खेतीको विस्तार हुँदै गयो । भौगोलिक, हावापानी र माटोको हिसावले नेपालका मध्य पहाडि जिल्लामा अरेविका कफीको राम्रो सम्भावना देखिएपछि इलाम, संखुवासभा, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर खोटाङ, उदयपुर, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, नुवाकोट, प्यूठान, रोल्पा दाङ, रुकुम, सल्यान, सुर्खेत, दैलेख डोटी, डडेलधुरा, रसुवा, खोटाङ र बैतडी जिल्लामा पनि व्यवसायीक कफी खेतीको शुरुवात भएको छ । यीबाहेक नेपालका अन्य मध्य पहाडमा पर्ने सबै जिल्लाहरुमा फाटफुट रुपमा कफी खेती हुने गरेको पाइन्छ । कफि खेती नेपालको विषेशतः मध्य पहाडी जिल्लामा गरिबी निवारण, रोजगारी सृजना, वातावरण सुरक्षा तथा दिगो आय आर्जन गर्ने एक लोकप्रिय खेतीको रुपमा स्थापित हुँदै आएको छ । हाल देशको मध्य तथा पश्चिम पहाडी जिल्लामा समुद्र सतहबाट ८०० मिटर भन्दा माथि हिउँ, तुषारो नपर्ने ठाँउसम्म कफि खेती गर्ने गरिएको छ ।

कफि खेती विस्तारमा सरकारी प्रयास
नेपालका केही जिल्लामा कफी खेतीको सम्भावना देखिएपछि २०३३ सालमा नेपाल सरकारले कृषि विकास बैक मार्फत भारतबाट अरेबिका जातको कफीको बीउ मगाई गुल्मी र बागलुङ जिल्लामा व्यवसायीक कफी खेतीको शुरुवात गरेको थियो । नेपालमा कफी खेतीको विस्तार एवं विकास गर्नका लागि सरकारले २०४१ सालमा गुल्मीको आँपचौरमा कफी विकास केन्द्रको स्थापना गरेको थियो । २०५० सालमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका साथै कफी तथा चिया विकास शाखा स्थापना भएपछि नेपालमा कफी खेतीले प्राथमिकता पाउन थालेको थियो । त्यसपछिका दिनहरुमा सरकारी क्षेत्रबाटै कफी खेतीलाई प्राथमिकतामा राखी कफीको विस्तार एवं विकास हुने क्रम बढ्दै गयो ।
अमेरिका लगायत विभिन्न देशमा नेपाली कफिको लोकप्रियता
अन्तर्राष्ट्रिय बजारमा नेपाली कफिको माग दिनानुदिन बढ्दै गइरहँदा कफि उत्पादन क्षेत्रको विकास तथा विस्तारमा ध्यान दिनु आवश्यक देखिन्छ । अन्र्तराष्ट्रिय बजारमा नेपाली कफीको माग बार्षिक १० हजार मेट्रीक टन भन्दा बढी छ । यद्यपि, उत्पादन क्षमतामा वृद्धि गर्न नसक्दा मागको ५ प्रतिशतसम्म पनि पूर्ति हुन नसकिरहेको अवस्था छ । नेपाली कफी निर्यातवाट वार्षिक करिब साढे ७ करोड वैदेशिक मुद्रा आर्जन गरेको छ । यता, अन्य मुलुकहरुबाट ९ करोड बराबरको विभिन्न ब्राण्डका धूलो कफी नेपाल आयात गरिन्छ । नेपालमा अहिले करिब ३ हजार कृषकहरु प्रत्यक्ष र अप्रत्यक्ष रुपमा कफी खेतीमा लागेका छन् । सन् २०१४ को उतपादन विवरण अनुसार कुल १ हजार ७ सय ६० हेक्टर क्षेत्रफलमा करिव ४५० मे. टन ग्रीन वीन उत्पादन भएको छ । विश्व बजारमा नेपालबाट उत्पादित प्राङगारिक कफीको माग दिन प्रतिदिन बढी रहेको छ । कूल उत्पादन मध्ये ७० प्रतिशत कफी कोरिया, जापान, अमेरिका, जर्मनी निर्यात हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *