भारतको गुजरातमा बाढीले २१८ जनाको मृत्यु
भारतको गुराजतमा बाढीका कारण पछिल्लो केही दिनमा दुई सय १८ जनाको ज्यान गएको सरकारी अधिकारीले पुष्टि गरेका छन् । पछिल्लो दुई दिनमा बाढीका कारण ज्यान गुमाउनेको संख्या दोब्बर भएको भारतको गुजरात राज्य सरकारले जनाएको छ ।
बाढी कम हुँदै जाँदा पछिल्लो दुई दिनमा मात्रै एक सय भन्दा बढीको शव भेटिएको छ । भारतको पश्चिमी राज्य गुरातमा लगातारको वर्षासँगैको बाढीका कारण चार लाख ५० हजार भन्दा बढी मानिस प्रभावित भएको सरकारी तथ्यांक छ । यस्तै बाढीका कारण आसाम पनि प्रभावित भएको छ । त्यहाँ पनि केहीको ज्यान गएको छ भने हजारौं मानिस विस्थापित भएका छन् । केन्द्र सरकारले बाढी प्रभावित क्षेत्रका लागि राहत प्याकेज घोषणा गरेको छ ।