Best Online News From Nepal

बर्माका अर्थात म्यानमार्क नेपालीले यसरी मनाय हरितालिका तीज

बर्मामा गोर्खाको तीज

– तिलकराम पोखरेल
बर्मा । आज भन्दा लगभग २०० वर्ष अघिबाट बसोबास गर्दै आएका छन् म्यान्मा मा गोर्खालीहरु । यहाँ विविध विषयहरुले नेपालबाट बर्मा छिरेका सैनिकमा मिलेको मान, सम्मान, विश्वास र इमान्दारीताले ‘गोर्खा’ जाती भनी मिठो परिचय मिलेको छ । त्यसैले यहाँका बर्मेलीहरु नेपाली भन्दा पनि “गोर्खाली” भन्न अझ बढी रूचाउँछन् र गौरव गर्छन । ४० शहर जतिको अनुमानमा छरिएर बसेका १.५ लाख बर्मेलीहरू रितीरिवाज, रहनसहन र चाड पर्वहरू भने नेपालीपनमा नै मनाईरहेका हुन्छन् ।

 

यहाँ पनि आज हरितालिका तीज पर्वलाई बिभिन्न होटल, हल, मन्दिर भवनहरूमा रमाइलो तरिकाले मनाइयो । यहाँ बर्मा भाषामा “डान्सीप्वे ” पिङ चड्ने पर्व भनेर चिनेका छन् । यो पर्वलाई गोर्खा जनसमुदायका सर्वधर्म सबै मिली सम्बन्धित ठाउँहरूमा भेला भई मनाउँदै आएका छन् । नारीहरूको एक मात्र महान पर्वको रूपमा गौरवका साथ मनाइने यो पर्व अत्यन्त महत्वपूर्ण छ ।

 

 

यस पर्वको निम्ति अखिल म्यान्मा देशीय गोर्खा हिन्दु धार्मिक संघ, केन्द्रीय महिला विभागबाट निर्देशन दिई उक्त संस्थाको तत्वधानमा सबैले मनाउँदै आएका छन् । शहर ठूलो होस् या सानो धेरै वर्ष अघिबाट तीज पर्वलाई भने भव्यताका साथ मनाउने चलन रहीआएको छ ।

 

यो पर्वको मुख्य कुरा भनेको माइतीबाट छोरी चेलीहरूलाई निम्त्याउनु…..दर खानु र नाचगानका गर्नु हो । कतिपय शहरहरूमा नृत्य र नाटकहरूको प्रतियोगिता…. रोटी पकाउनु… चौबन्धी चोली लगाउनु जस्ता प्रतियोगिताहरू पनि समावेश गर्ने गरिन्छ ।

 

 

यी पर्वहरूलाई नजिकबाट हेर्दा बर्मामा गोर्खाहरूको इतिहास मात्र नभई जातीय पहिचान पनि बलियो रही आएको पाइन्छ । संयोगवस नेपालबाट पाल्ने पाहुनाहरू बर्मेलीहरूले तीज पर्व मनाएको देख्दा हर्षले गदगद भएका छन् ।

 

जातीय पहिचान तथा संस्कृतिमा पनि श्रद्धा राखेका बर्मेलीहरूको तीज अति नै सुखमय र प्रशंसनीय छ ।

स्रोत-http://freshnewsnepal.com/news-details/3481/2018-09-12