Best Online News From Nepal

बटुक भैरब मन्दिर माथिको डोजर आंतक बन्द गर

लिछविकालिन एतिहासिक मन्दिर नेपाल राष्ट्रको सुरक्षा कबज मानियको बटुक भैरब माथिको  डोजर आंतक के र कसको नियोजित षयन्त्र कथित सडक बितारको नाममा हुदै छ?  आकास भैरब, बटुक भैरब, टिका भैरब अनि बाघ भैरब माथिको आक्रमण सनातनधर्म माथिको प्रहार हो कि हैन? विकल्प हुदैन भन्यत यस्ता सम्पदा बिगार्ने भत्काउन पाईदैन भन्य यहा त बिकल्प हुदा हुदै किन मन्दिर परिसरमाथि आखा लगाईदै छ?

सडक विस्तारको क्रममा भइरहेको डोजर आंतकबाट ललितपुरको बटुक भैरब मन्दिरबाट जोगाऔ भन्दै स्थानीयबासिन्दा एकजुट भएर एक्यबद्वता जाहेर गर्ने भएका छन् । बटुक भैरबकै जग्गामा नेपाली सेनाद्वारा संचालन भईरहेको पेट्रोल पम्पको खाली भाग प्रयोग गरि सडक बिस्तार गर्ने बिकल्प हुदाँ हुदै पनि  एेतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक मान्यता भएको अति नै महत्वपूर्ण बटुक भैरब मन्दिर परिसरको पर्खाल 22 मिटरको मापदण्ड भन्दै, राज्यका सुरक्षाकर्मी दुरप्रयोग गरि अनावश्यक बल प्रयोग गरि भत्काएइको विरोधमा भोली आइतबार विहान १० बजे बटुक भैरव परिसरमा जम्मा भएर एक्यबद्वता जाहेर गर्न लागेको सेभ नेपाः भ्यालीले जनाएको छ ।

गएको विहिबार ऐतिहासिक बटुक भैरब परिसरको पर्खाल भत्काउन थालेपछि त्यहाँका स्थानीय सडकमा उत्रिएर विरोध गरेका थिए । राज्यले उक्त क्षेत्रमा ११,११ मिटर कायम गरेको र बटुक भैरब पुरातात्विक एवमंं सांस्कृतिक सम्पदा भएको कारणं त्यसलाई कायम राखेर नेपाली सेनाद्धारा संचालित पेट्रोल पम्पको साइडमा सडक विस्तार गरिनु पर्ने श्री बटुक भैरबनाथ क्षेत्र बिकास संस्थाका अध्यक्ष बिनोद रंजितकारले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *