Best Online News From Nepal

बजेट वितरण कतै खण्डवृष्टि कतै अतिवृष्टि र अनावृष्टि भएको छ, सांसद पदम गिरी(भिडियो सहित)

पर्वत । संघिय संसदको वैठकमा बोल्दै सांसद पदम गिरीले पर्वतको विकास निर्माणमा केन्द्रिय सरकारको ध्यानाकर्षण गराएका छन । विनियोजन विधेयक र बजेट उपर भएको छलफलमा भाग लिँदै सांसद गिरीले पर्वतको समग्र विकासमा केन्द्रिय सरकारको ध्यानाकर्षण गराएका हुन । पहाडकोे पाङमा लिल्टिङ खानेपानी प्रविधिमा केन्द्रिय सरकारले यथेष्ट सहयोग गर्नुपर्ने उनको भनाई छ ।

पर्वतको पाङलाई देश भर चिनाउँदै तराईको दाङ जस्तै भएको गिरीले उल्लेख गरे । समथर र उब्जाउ युक्त भूमिमा सिचाईको अभाव रहेको उनको भनाई छ । यसैगरी कालीगण्डकी बहुउदेश्यीय परियोजनाको रकम समेत कम भएको भन्दै संवन्धित मन्त्रालयको ध्यानाकर्षण गराए ।

पातिखोला र सेती खोलाले कटान गरेर बजार नै जोखिममा परीरहेको दृटान्त दिदै केन्द्रिय सरकारले यस तर्फ पनि ध्यान दिन जरुरी रहेको उनको भर्नाइ छ । कालीगण्डकी नदीले वारीवेनी देखि सेतीवेणीसम्मको थुप्रै बस्ती जोखिममा रहेको भन्दै तटबन्ध निर्माणमा ठूलो बजेटको आवश्यकता रहेको उनको भनाई छ ।

सांसद गिरीले हिंसा पिडित महिलाहरुको सुरक्षित बासका लागि सेफ हाउसको आवश्यकता रहेको औल्याउँदै सवै स्थानीय तहहरुमा सुरक्षाको प्रत्याभूतिका लागि प्रहरी चौकी स्थापनामा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *