Best Online News From Nepal

बजेटको काम अन्तिम चरणमा, बजेट आउन ३ दिन बाँकी

सरकारले  बजेट निर्माणको कामलाई अन्तिम चरणमा पुर्याएको छ । आगामी आर्थिक वर्ष २०७३ ,७४ को बजेट आउँन अब मात्र ३ दिन बँचेको छ । सरकारले बजेटको मुख्य प्राथमिकतामा संविधान कार्यान्वयन, उच्च आर्थिक वृद्धिदर एंव  गरीबी न्यूनीकरणलाई राखेको छ । ऊर्जा सङ्कट निवारण कालको सम्बोधनका लागि ऊर्जाले बजेटमा बढी प्राथमिकता पाउने भएको छ । पूर्वाधार निर्माण, कृषि, पर्यटन तथा सेवाक्षेत्रको विस्तार गरी नेपालको पुनर्निर्माण तथा नवनिर्माणमा केन्द्रित गर्नु बजेटको पहिलो प्राथमिकता रहेको छ । संविधान कार्यान्वयनको पहिलो बजेट भएकाले यो निर्माणका निश्चित आधारहरू भएको अर्थमन्त्री विष्णु पौडेलले बताइसकेका छन् । सन् २०२२ सम्म नेपाललाई अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्न बजेट केन्द्रित हुने बताईएको छ । भूकम्पबाट क्षति भएका संरचनाको पुनर्निर्माण तथा पुनःस्थापनामा पनि प्राथमिकताका साथ बजेट विनियोजन गरिने भएको  छ । राष्ट्रिय योजना आयोगले आगामी आवको लागि करीब ९ खर्ब रुपैयाँको सीमा दिए पनि सरकार भने रू. १० खर्बभन्दा माथिको बजेट ल्याउने तयारीमा छ । त्यसमध्ये रू. ५ खर्ब १५ अर्ब राजस्वबाट जुटाउने लक्ष्य सरकारले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *