Best Online News From Nepal

बजारमा सुनको हाहाकार व्यवसायनै बन्द हुने अबस्थामा – व्यवसायी

 

सुन बढी बिक्री बितरण हुने तीज पर्वको पूर्व सन्ध्यामा सुनको आपूर्ति कम भएको व्यवसायीको भनाई छ ।

ज्योत्स्ना

नेपाल  रत्न तथा आभुषण सघ कि अध्यक्ष ज्योत्स्ना श्रेष्ठ ले अन्य समयको तुलनामा तीजको बेलामा सुनको गहनाको माग दोब्बर हुने बताउँछिन।

‘अरु सामान्य बेलाको तुलनामा तीजको बेलामा गहनाको माग दोब्बर हुन्छ, साउन दोस्रो सातादेखि बृद्धि हुने सुनको माग भदौ दोस्रो सातासम्म रहने गरेको छ,’  जोट्सनाले भन्नु भो

तर अहिले सुन नपाइएको कारण गहनाको अर्डर नै लिन छोडिएको श्रेष्ठले बताईन  ।

‘नियमित ग्राहकलाई सुन छैन भनेर गहनाको अर्डर नलिइ फर्काउन पनि समस्या छ, तर बजारमा सुन पाइदैन, ग्राहकले नै बेच्न ल्याएका पुराना गहना खिचेर नयाँ बनाउदै दिदै गर्ने गरेको भएपनि अब त त्यो पनि कम भइसक्यो,’  श्रेष्ठले भनिन।

दरबारमार्गमा रहेको मेरि गोल्ड ज्वेलर्सका सञ्चालक समेत रहेकि ज्योत्स्ना  पछिल्लो समय आवश्यक मात्रामा सुन नपाइएका कारण व्यापारमा असर परेको बताउँछिन । बजारमा सुनको माग भढी भएपनि आफूसँग सुन नभएकोले ब्यवसाय नै संकटमा परेको उनको भनाइ छ ।

तीजमा परम्परागत रुपमा नै गहना लगाउनु पर्ने प्रचलन रहेकाले गहनाको माग बढी रहेको उनले बताए । सुनका हारभन्दा पनि नौगेडी र तिलहरीको माग बजारमा बढी रहेको उनको भनाई छ ।

प्रतिदिन १० देखि २० प्रकारका गहनाहरु बिक्री गर्दै आएका उनले तीजका लागि आधा तोलादेखि डेढ तोलासम्मको सुन अर्डर आइरहेको बताईन ।

 

‘सुन आको छैन, अर्डर बढी आउने गरेको छ, पर्याप्त सुन नभई अर्डर लिन पनि मिलेन,’ज्योत्स्ना  ले भनिन ।

 

मानिसहरुको भीड बढ्दो भएपनि बजारमा सुन कम भएका कारण व्यवसायमा डिमान्ड पूरा गर्न गाह्रो भएको बताइन् ।

‘दिनमा  १५/२० जनाको अर्डर आउने गरेको छ, तर आवश्यकता अनुसार सुन छैन,’ ज्योत्स्नाले  भनिन् ।

 

दैनिक २५ किलो सुन अभाव
मागको आधारमा सुन नपाएपछि देशभरको सुन व्यवसाय चौपट भएको नेपाल  रत्न तथा आभुषण सघ कि अध्यक्ष ज्योत्स्ना श्रेष्ठले बताईन

बजारमा दैनिक करिब २० किलो सुन कमी भएको उनको भनाई छ ।

‘अहिले ४० किलोभन्दा बढी सुनको माग छ, बैंकबाट २० किलोमात्र सुन बजारमा जान्छ, माग अनुसारको सुन पाइएकै छैन’ ज्योत्स्ना भनिन्

सुनको अभाब सुल्झाउनको लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको ध्यानाकर्षण गराईएको   पनि  बताईन ।

२२ वटा वाणिज्य बैंकलाई नेपाल राष्ट्र बैंकले सुन आयात गरेर बजारमा बिक्री गर्न अनुमति दिएको छ । ती बैंकले बजारमा दैनिक बिक्री गर्ने २० किलो सुनले बजारको माग धान्न सकेको छैन ।

मुलुकमा वार्षिक ५० अर्ब रुपैयाँको सुन कारोबार हुन्छ । आर्थिक वर्ष ०७४÷७५मा सात हजार दुई सय ६० किलो सुन बैंकिङ प्रणालीबाट आयात भएको थियो

सुन नपाएको भन्दै आन्दोलन
बजारमा सुनको माग बढी भएपनि सो अनुसान सुन नपाएको भन्दै सुनचाँदी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । चितवन, दाङ, कास्की, रुपन्देही, अर्धाखाँची, पाल्पा लगायतका जिल्लाका व्यवसायीहरुले व्यवसाय बन्दको कार्यक्रम समेत गरेका छन् ।

उनीहरुले सांकेतिक रुपमा १–२ दिन बजार बन्द गरेका छन् । तर, सुन नपाउने हो भने बिक्रीका लागि पसलमा सुन नै नरहने अवस्था आउन सक्छ । यस्तो अवस्था आएमा पसल खोल्न सक्ने अवस्था नरहने व्यवसायीहरुको भनाई छ ।

सुन अभावका कारण देश भरका सुन पसलहरु बन्द हुने अबस्थामा पुगेको श्रेष्ठको भनाई छ

‘राष्ट्र बैंकबाट दैनिक पाउने २० केजी सुन मध्येपनि ६० प्रतिशत काठमाण्डौ उपत्यकाका ३ जिल्लामा बितरण गरिन्छ, बाँकी ४० प्रतिशत ७४ जिल्लामा भाग लगाउदा बजारको माग अनुसार हुदै भएन,’ उनले भनिन ।

किन भयो त अभाव ?
गत बर्ष पनि सरकारले बैंकहरुमार्फत दैनिक २5 किलो सुन मात्रै ल्याउन पाइने नियम बनाएको थियो । तर, गत बर्ष यसबर्षको जति अभाव भएको ब्यवसायीले बताएका थिएनन् ।

केही बर्षअगाडिदेखि नै ब्यवसायीहरुले आवश्यक मात्रामा सुन नपाएको गुनासो गर्दै आएका थिए । तर, सुन नपाएकै कारण पसल बन्द गर्नुपर्ने अबस्था भने आएको थिएन ।

सरकारले केही महिना अगाडि सुन तस्करीको मुख्य नाइके भन्दै चुडामणि उप्रेती ‘गोरे’लाई पक्राउ गरेको छ । सो सम्बन्धि अनुसन्धान गर्दा पछिल्ला केही बर्षयता नेपालमा ३८ क्विन्टल सुन तस्करीबाट भित्रिएको सरकारी अधिकारीको भनाइ छ ।

सरकारको सो भनाइ तथा बैधानिक माध्यमबाट गत बर्षकै जति सुनको आपूर्ति हुदा पनि सुनको हाहाकार हुनले नेपाली बजारको सुनको आपूर्तिको एक प्रमुख माध्यम तस्करी रहेको संकेत मिलेको छ ।

बजारमा सुनको हाहाकार गराउन अर्थमन्त्रालयको निर्णय पनि सहयोगी बनेको छ ।

गत आर्थिक बर्षसम्म सरकारले विदेशबाट आउने नेपालीलाई प्रतिब्यक्ति ५० ग्रामसम्म सुन ल्याउदा भन्सार तिर्नु नपर्ने नियम बनाएको थियो ।

तर, चालु आर्थिक बर्षको लागि ल्याइएको बजेटले यसरी विदेशबाट ल्याउन पाइने सुनको कोटा बढाएर प्रतिब्यक्ति १०० ग्रामसम्म पुर्यायो । सुन ल्याउन पाइने मात्रा बढाइए पनि भन्सार तिर्नु नपर्ने नियम भने हटाइएको छ ।

चालु आर्थिक बर्षदेखि विदेशबाट आउने नेपालीले प्रतिब्यक्ति १०० ग्रामसम्म सुन ल्याउन पाउँछन् । तर पहिलो ५० ग्राम सुन ल्याउने प्रति १० ग्राम ५२ सय र बाँकी ५० ग्राममा प्रति १० ग्राम ६२ सय रुपैयाँको दरले भन्सार तिर्नुपर्छ ।

यो भन्सार दर बैंकिङ प्रणालीबाट आउने सुनले तिर्नेभन्दा बढी छ । बैंकिङ प्रणालीबाट आउने सुनमा प्रति १० ग्राम ४२ सय रुपैयाँका दरले भन्सार तिर्नुपर्छ ।