Best Online News From Nepal

प्रेस काउन्सिल खारेजको तयारी, जेष्ठ पत्रकारलाई जीवन निर्वाह भत्ता

१ साउन, काठमाडौं । सरकारले प्रेस काउन्सिललाई खारेज गर्ने तयारी गरेको छ । प्रेस काउन्सिल खारेजी गरेर त्यसको ठाउँमा अधिकार सम्पन्न मिडिया काउन्सिल ऐन ल्याउन लागिएको सञ्चार तथा सुचना प्रविधि मन्त्रिी गोकुल बास्कोटाले जानकारी दिए ।
सञ्चार मन्त्रालयले नयाँ मिडियाहरुलाई समेत समेट्ने गरी आमसञ्चार नीति सम्बन्धि छाता ऐन ल्याउन विधेयकको मस्यौदालाई अन्तिम रुप दिन लागेको हो ।

अब छापाखाना तथा प्रकाशन ऐन, राष्ट्रिय प्रसारण ऐन, श्रमजीवी पत्रकार ऐनलगायत आमसञ्चार र पत्रकारसँग सम्बन्धित सबै ऐनलाई एउटै छातामुनि ल्याइने उनले जानकारी दिए ।

मन्त्रालयले विधेयकको प्रारम्भिक मस्यौदा तयार गरेको छ । सरोकारवालाहरुको राय सुझाव लिएर मस्यौदालाई अन्तिम रुप दिइने मन्त्री बास्कोटाले बताए ।

पछिल्लो समय मूलधारको पत्रकारिताका रुपमा विकास भइरहेको अनलाइन पत्रकारितासम्बन्धी कुनै ऐन छैन । अबको विधेयकमा अनलाइन पत्रकारितलाई पनि समेटिने भएको छ । ब्लग, सामाजिक सञ्जाल लगायतको नियमन भने विद्युत्तीय कारोबार ऐनले गर्नेछ ।

जेष्ठ पत्रकारहरुलाई जीवन निर्वाह भत्ता

सरकारले जेष्ठ पत्रकारहरुको जीवन निर्वाह भत्ताका लागि अक्षयकोष स्थापना गरेको छ ।

३० वर्षभन्दा लामो समयदेखि निरन्तर पत्रकारिता गरिरहेका र ६५ वर्ष उमेर पुगेका तथा अन्य सरकारी सुविधा नपाउने जेष्ठ पत्रकारलाई मासिक वृत्ति प्रदान गर्न लागिएको हो ।

जेष्ठ पत्रकार वृत्ति कोषमा तत्काल एक करोड रुपैयाँ निकासा गरिएको छ । आगामी आर्थिक वर्षमा यो रकम बढाएर तीन करोड रुपैयाँ पुर्‍याइने र सो रकमको ब्याजबाट मापदण्डभित्र परेका जेष्ठ पत्रकारलाई मासिक बृत्ति प्रदान गरिनेछ ।

जीवनभर पत्रकारितामा संलग्न रहेका र अवकाशको उमेरमा अन्य आयस्रोत नहुने जेष्ठ पत्रकारको सहयोगका लाग बृत्ति कोष सहयोगी हुने सञ्चार मन्त्री बास्कोटाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *