Best Online News From Nepal

प्रिमियर लिग क्लबले खेलाडी किनबेचमा खर्चिए १ खर्ब ४० अर्ब रुपैयाँ

इङ्लिस प्रिमियर लिगमा खेलाडी किनबेचको रकमले नयाँ इतिहास रचेको छ। यस वर्ष गर्मी महिनामा १० अर्ब पाउन्ड खेलाडी किनबेचमा खर्च भएको बिबिसीले जनाएको छ। यो रकम प्रिमियर लिगको गर्मी महिनामा अहिलेसम्म भएको सबैभन्दा बढी खर्च हो।

यस सिजनको गर्मी महिनाको खेलाडी अनुबन्धनको समय बुधबार समाप्त भएको थियो। यस अवधिमा क्लबहरूले संयुक्तरूपमा १० अर्ब ५० लाख पाउण्ड (१ खर्ब ४० अर्ब ८८ करोड ६६ लाख रुपियाँ) खेलाडी किनबेचमा खर्च गरेको खेलकुदको व्यापारिक समुह डेलोइटले खुलासा गरेको छ।

यसअघि गर्मी महिनाको खेलाडी किनबेचको कूल खर्च ८ अर्ब ७० करोड पाउन्ड थियो। यो रकम गत साल भएको थियो। पछिल्लो ६ दिनमा भएको खेलाडीहरूको चर्को किनबेचपछि यसपालि सबै कीर्तिमान भंग भएको थियो। आर्सनलले मंगलबार मात्र लुकास पेरेज र सेखोडार्न मुस्ताफीका लागि ५ करोड २० लाख पाउन्ड खर्चिएपछि प्रिमियर लिगमा यो सिजन किनबेचको रकम १० अर्ब नाघेको हो।

प्रिमियर लिगका क्लबहरूले टेलिभिजन अधिकारबाट ५० अर्ब १० करोड पाउन्ड बाँड्ने गरेका छन्। यसपालि १२ वटा क्लबले किनबेचको सबै कीर्तिमान भंग गरेका थिए। गत महिना म्यानचेस्टर युनाइटेडले बेलायतको खेलाडी अनुबन्धको सबै कीर्तिमानलाई भंग गरेको थियो, जब उसले पाउल पोग्बाका लागि युभेन्ट्सलाई ८ करोड ९० लाख पाउण्ड खर्चियो।

Source Setopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *