प्रधानमन्त्री केपी शर्मा ओली बुधबार गृहजिल्ला झापा पुगेका छन्। प्रधानमन्त्री बनेपछि ओली दोस्रोपटक झापा गएका हुन्।
उनको आज कमल गाउँपालिका र गौरादहमा नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहले बताए। प्रधानमन्त्री ओलीले कमल गाउँपालिका–७ मा ५० शैयाको आयुर्वेद चिकित्सालय भवनको शिलान्यास गर्नेछन्।