Best Online News From Nepal

प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज

छातिको समस्या निको भएपछि प्रधानमन्त्री ओलीलाई अस्पतालबाट डिस्चार्ज गरिएको मनमोहन कार्डियोभास्कुलर तथा थोरासिक सेन्टरले जानकारी दिएको छ।

आराम हुँदै गएपछि ओलीले बिहीबार अस्पतालमै मन्त्रीहरूलाई बोलाएर आवश्यक निर्देशन दिएका थिए। कानुनमन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायतसँग उनले भेटघाट गरे। शुक्रबार स्वास्थ्य परीक्षणको रिपोर्ट हेरेर चिकित्सकले डिस्चार्ज गरेका हुन्।

ओलीको उपचारको नेतृत्व डा. अरुण सायमीले गरेका थिए। चिकित्सकको टोलीमा निजी चिकित्सक डा. दिव्या सिंह र अर्का चिकित्सक सन्तकुमार दास सहभागी थिए।
प्रधानमन्त्री ओली अहिले केहीबेरमै टिचिङ अस्पतालबाट बालुवार फर्किन लागेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।