Best Online News From Nepal

प्रधानमन्त्रीद्वारा डा. केसीको माग सम्बोधन गर्न पहल

भाद्र २८, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले डा. गोविन्द केसीले उठाएका मागको सम्बोधन गर्न तथा स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि पहलकदमी सुरु गरेका छन् ।

प्रधानमन्त्रीको नीजि सचिवालयका अनुसार उनले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा स्वास्थ्य मन्त्री गगन थापा, शिक्षा मन्त्री धनीराम पौडेल, केदारभक्त माथेमासहित आयोगका पदाधिकारी संलग्न टोलीसँग छलफल गरेका छन् । प्रधानमन्त्रीले स्वास्थ्य शिक्षा क्षेत्रका विभिन्न समस्या तत्काल समाधान गर्न निर्देशन समेत दिएका छन् ।

Source ekantipur

Leave a Reply

Your email address will not be published. Required fields are marked *