Best Online News From Nepal

प्रदेश नं. ४ स्तरीय Mens Double बि ग्रुप व्याडमिन्टन प्रतियोगिताको उपाधि प्रदिप तिमिल्सिना र टंक बस्यालको समुहलाई

१७, वैशाख, पर्वत । प्रदेश नं. ४ स्तरीय व्याडमिन्टन प्रतियोगितामा पर्वत व्याडमिन्टन संघको तर्फबाट खेलमा भाग लिएका प्रदिप तिमिल्सिना र टंक बस्यालको जोडीले उपाधि जित्न सफल भएको छ ।

पर्वत व्याडमिन्टन संघको कभर्ड हल समुदघाटन एवम् प्रदेश नं. ४ स्तरीय व्याडमिन्टन प्रतियोगिता अन्तर्गत बी ग्रुप टिममा ३२ टिम सहभागी रहेको थियो ।

आज भएको उक्त प्रतियोगिताको फाइनल खेलमा २१–१०, २१–१६ को सोझो सेटमा जित हासिल गर्दे प्रदिप तिमिल्सिना र टंक बस्यालको जोडीले नविन गुरुङ र जीत बहादुर पुनको जोडीलाई हार चखाउदै प्रतियोगिताको उपाधी जित्न सफल भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *