नुम नाथ प्याकुरेल-
इतिहास पहिला हिँडिएका लम्वेतान राजमार्ग हुन्। गन्तव्यमा पुग्न, सुरुवाती वन्दोवस्त गर्भिलो हुनु पर्दछ। फिक्का चिजका बिचमा अलि कम फिक्का चिज पनि चम्किलो देखिन्छ तर तेजस्वी त्यो हुँदैन। देश सुतेको हैन, हामी आम जनता निदाएका हौँ। यो देश सिँगार्नलाइ अब अबेर नगरी जागौँ, उठौँ, लम्कौँ र चम्र्कौँ। सामाजिक सदश्य र राष्ट्रको नागरिक भएको हैसियत ले जिम्वेवारी हाम्रै हो। हामीले नगरे कसले गर्छ? अहिले नगरे कैले गर्ने? द्वन्द्व र घृणा देशले धेरै छिचोल्यो, अव प्रेम र सद्भाव बाट विद्यमान गलत प्रतिमान बदल्न कम्मर कसौँ। दुनियाँलाई सहिद बनाएर स्वार्थी जमातको स्वेच्छाचारी पटक पटक भोगेका हामी नेपाली अब हाम्रैपालामा, आफ्नै आँखाले बिकास र सम्वृद्धी किन नभोग्ने? किन नहेर्ने?
राष्ट्र र राष्ट्रियता भन्दा ठूलो दल र दलीय मोर्चा हुनै सक्दैन। लोकतान्त्रिक बिधि र प्रकृया भन्दा ठूलो दलीय भागबण्डा र सिन्डिकेट हुनै सक्दैन। संविधानको कार्यान्वयनमा भेंडैचो हाल्न सत्ता पक्षीय, बिपक्षीय तथा आन्दोलनरत दलहरुका आआफ्ना सङर्किण सोच, राजनीतिक स्वार्थ तथा अकर्मण्यता पर्याप्त छन्। मूलधारका अथवा परिधिका दलहरु क्षणिक राष्ट्रवाद, एकांकी विधिको साशन तथा सुशासनको आत्मरतिमा व्यस्त छन्। तिनलाई सिन्डिकेट, मोर्चाबन्दी, स्वेच्छाचारी तथा गुटबन्दीले आर्थिक तथा राजनीतिक नाफा नोक्सान मिलि रहुन्जेल वर्तमान परिप्रेक्षमा विद्यमान गलत प्रतिमान बदल्ने तिनको लक्ष कहिलै रहेन र रहने पनि छैन। यतिकुराको ज्ञात जब हामीले बुझ्यौँ, त्यो आगोको झिल्को हो। हामीले चाहयौँ, अठोट गर्यौं, एकिकृत भयौँ र मन मिलायौँ भने हामीलाई कसले रोक्न सक्ला? सत्य ज्ञात हुनु, आधा विजयी हुनु हो। संसार गतिशील छ, हामी निरन्तर यात्रामा छौं। यात्रामा कहिँ आराम गर्नुपर्छ, रात कटाउनु पर्दछ। जो जाग्यो अब उसको कर्तब्य हो अरुलाई जगाउने नत्र सबैको यात्रा गन्तब्यमा नपुगि टुंगिन्छ।
अलोकतान्त्रिक र असंवैधानिक घटनाका शृङखला पञ्चायतकालदेखि चलि रहेका छन् तिनको तिवृता २०४६ शालमा प्रजातन्त्र स्थापना पश्चात तीव्र भएका छन्। त्यस्ता कार्यले कसैलाई सत्तामा प¥ुयायो, कतिलाई सत्ताबाट सडकमा पु¥यायो तर समग्रमा प्रजातान्त्रिक विधि, पद्धति तथा परंपरागत संस्थालाई क्रमैसंग कमजोर र धारासयी तुल्याउँदै राष्ट्र नै असफल हुने दुश्चक्रमा हामी पाखुरा सुर्केर लागेका छौँ। कतिपय कार्य व्यक्तिगत स्वार्थका लागि गरिए, कति दलिय स्वार्थपुर्तिका लागी गरिए, जे गरिए कानूनलाई मिचेर गरिए, संविधानको भावना उलंघन गरेर गरिए, देश र समाज विर्सिएर गरिए, आफ्ना दरसन्तानको भाग्य र भविश्य सम्झिएर गरिए।
जननेता मदन भण्डारी मारिनु, राजा विरेन्द्रको हत्या गरिनु, माओवादीको आवरणमा गणतन्त्र स्थापना गरिनु, पश्चिमा शक्तिको ईसारामा धर्म निरपेक्षताको घोषणा गरिनु, संविधान असफल पार्न नाकावन्दी गराउनु, षड्यन्त्र पूर्ण ढंगले मधेस पहाड दुई राष्ट्रवादको वहस सुरु गर्नु, लाचार लम्पसार उच्च नेतृत्व प्रतिस्पर्धात्मक ढंगले दिल्ली भ्रमण गर्नु गराइनु, अख्तियार प्रमुखलाई संसदले महाअभियोग लगाउनु तर सर्वोच्च अदालतबाट वर्खास्त गरिनु, प्रधान न्यायाधीश विरुद्ध छापामार शैलीमा महाअभियोग दर्ता गर्नु, न्यायालयबाट महाअभियोगलाई लत्याएर निलम्वित प्रधान न्यायधीसलाई कार्यसम्पादनमा फर्काउनु सामान्य लोकतान्त्रिक अभ्यास हुँदै हैनन। मूलधार र परिधिका दलहरुका हनुमान गणहरु कुन कुवाको पानी खाएका छौ? राष्ट्र विरुद्ध षडयन्त्र भैरहँदा केही दिनलाई सहि, दलीय सङर्किणता किन त्याग्दैनौँ? राजनितिको यस्तो घनचक्करमा किन रमाउँछौ ?
देशमा जे भैरहेको छ, अचम्म र दुर्लभ केही भएको हैन। हाम्रा नेतृत्वको निर्देशक नेपथ्यमा अर्कै छ। यी त फगत पात्र मात्रै हुन्। गजबको चरित्र मन्चन गर्दैछन्। तिनीहरू भागवण्डा नमिलेर केहि क्षणमात्रै याताउता भएका हुन् भागवण्डाको स्वार्थ मिल्नासाथ तिनीहरुको बोलि र ब्यवाहार एउटै हुन्छ। तिनका सिद्वान्त हात्तीका देखाउने दाँत मात्रै हुन्, चपाउने र पोषण गर्ने दांत अरु नै छन्। हामी यसको र उसको पक्ष र विपक्षमा आरोप प्रत्यारोप गरेर बाँकीलाई पनि मनोरञ्जन दिलाउदैछौँ। अब, भएका मध्येवाट एउटा विकल्प हैन, भएका बाहेकको एउटा विकल्प पनि हैन, अब विध्यमान कम्युनिस्ट पुँजीवादी (कपु) प्रतिमान पल्टाउन सक्ने गरि रैथाने सिद्वान्त सहितको जरो र किलो नेपालमै उठाउन आवश्यक छ। त्यसको संकल्प कहिँ गरिसकिएको छ। अव त्यसले आकार ग्रहण गरेर गतिशील हुन मात्रै बाँकि छ।
एकथरी विविधतापूर्ण समाजमा बसेर सामुदायिक भ्रम छर्न, सर्वसाधारणमा घृणाको बीउ छर्न, हिंसाको संस्थागत विकास गर्न, भ्रस्टाचारलाई राजनितिक आवरण दिन उद्धत छन्। समानता र समानुपातिक सहभागिता जायज र आवश्यक छ तर घृणा, हिंसा, ध्रुवीकरण, सामुदायिक सङर्किण विधि र प्रक्रिया सर्वथा गलत र नाजायज छन्। मधेसि मोर्चाका दलहरुले मूलधारका राजनितिक दलहरुको बिकल्प दिन सक्नु पर्दथ्योे। नेतृत्व, आन्दोलन र एजेन्डाहरुमा कोच, मिथिला, अवध, लुम्बिनीको सान र गौरव झल्कनु र झल्काउनु पर्दथ्यो तर मूलधारका राजनीतिक दलहरु भन्दा पनि एक कदम अगाडि बढेर पराधीन सोच, सामुदायिक संकृणता, ध्रुवीकरण, असमान विदेश नीति, घृणा र हिंसालाई संस्थागत गर्दैछन। हो यो र यस्ता प्रतिमानहरु रुपान्तरित हुनु पर्दछ।
गलत प्रतिमानको पछी लागेर शृङखलावद्ध गल्ति गरी ढाकछोप गरिरहन भन्दा समाज र संस्कृति सापेक्ष प्रतिमानहरूलाई सही ठाउँमा ल्याउन किन हिचकिचाउने? कार्यपालिका सर्वोच्चको वालकृष्ण ढुंगेल विरुद्ध सर्वश्वसहित जन्म कैद्को मुद्धा प्रति उदासिन बनेकै हो। लोकमानविरुद्धको महाअभियोग प्रस्तावमा आजसम्म औपचारिक रुपमा समर्थन जनाउन नसकेको कांग्रेसले सुशीला कार्कीमाथि यति हतार र हतासका साथ महाअभियोग प्रस्ताव दर्ता गर्नु जायज हो? हैन? त्यसको विश्लेषण किन नगर्ने?
फैसला महाअभियोग सार्वभौम संसदले हैन कार्यपालिकाले लगाएको हो। सार्वभौम संसदलाई जानकारी नदिई र संसदमा पर्याप्त बहस छलफल नगरी दर्ता गरिएको हो। एउटा प्रयोजन भनी हस्ताक्षर गरि अर्कै प्रयोजनका लागी महाअभियोग दर्ता गरिएको हो, भन्ने कुरा सार्वभौमसत्ता सम्पन्न सांसदहरूले सार्वजनिक गरेकै छन्।
महाअभियोगको आधार चन्दको अस्विकृति, सिलवालको पक्षमा न्याय, सुडान भ्रष्टचारका आरोपी पूर्व आइजिपीहरूलाई जरिवाना र जेलसजायको घोषणा गरिएको परिप्रेक्षमा पुर्वागा्रही ढंगले महाअभियोग ल्याइएको हो। न अख्तियार न न्यालय, भ्रस्टाचारका मुद्धा त सुनुवाइ नै गर्न नहुने भो न्यायिक निकायले।
नेपाली कांग्रेसका सभापतिको बन्द कोठाको स्वेच्छाचारी तानाबुनाइ र सत्ता गठबन्दन टिकाउन प्रचण्ड कमरेडको उक्साहठ्मा महाअभियोग ल्याइएको जग जाएर छ। कानूनका ठेलीभन्दा नैतिकताका पाना पनि पल्टाउनु पर्दछ लोकतन्त्रमा। संसदीय सर्वोच्चता हैन न्यायपालिकालाई न्यायिक पुनरावलोकनको अधिकार पनि व्यवस्था गरेको छ संविधानले।
केहि विद्वान मित्रहरूको विचारमा एकपटक महाअभियोको प्रस्ताव संसदमा दर्ता भैसकेपछी, त्यसको किनारा लगाउने हक र अधिकार संविधान बमोजिम राजनीतिक दलहरूकै थियो भन्ने तर्क पनि त्यति तथ्यपरक लागेन। संसदबाट महाअभियोग लागेका अख्तियार प्रमुख लोकमान सिंह कार्की राजनीतिक दलहरूको संसदिय निर्णयबाट हटेकी? सर्वोच्च अदालतको निर्णयबाट? नजिर समुन्ने छ। दलीय भागवन्डामा उच्च संवैधानिक पदहरूको नियुक्ति राजनीतिक भागवन्डाबाट गर्ने, जव न्याय सम्पादन हुन्छन् र न्याय आफनो पाक्षमा देखिदैन त्यसपछि विश्वव्यापी लोकतान्त्रिक सिद्वान्त र पद्धतिको चस्माबाट सुनुवाईमा नजर लगाउने प्रतिमान हामीले गलत बसाएका छौं।
२०४६ सालसम्मको कुरा बेग्लै थियो, व्यवस्थै अर्कै थियो, तर २०४७ सालमा पहिलो प्रजातान्त्रिक संविधान लागू भएपछि विधि, पद्धति, प्रक्रिया र प्रणाली बाट राजनीति र समाज चल्न सक्ने अवस्था थियो। कानुनको सर्वोच्चता हुन सक्ने अवस्था थियो। छातीमा हात राखेर जसजसले जहाँजहाँ गल्ती गरेका छौँ मनन गरौँ त।
आफैँले बनाएको संविधानलाई संविधान लागू भएको दिनमै आलोचनात्मक समर्थनको निहुँमा कसले करौँती चलायो? शान्तिपूर्ण र धांधलिरहित प्रजातान्त्रिक निर्वाचनबाट बहुमत प्राप्त गरेको पार्टीको वैधानिक सरकार बनेको केही दिनमै त्यो सरकारलाई जुलुस, तोडफोड, हुलदंगा मार्फत् अपदस्थ गर्न आन्दोलन सुरु गर्ने को थियो? मन्त्रीपरिषद्को पहिलो बैठकमै मन्त्रीहरुलाई मिलाएर खान छुट दिइएको बताएर र सरकारी स्वामित्वमा रहेका उद्योगधन्दा कौडीको मूल्यमा बेच्दै क्रमशः भ्रष्टाचारलाई संस्थागत गर्ने वहुमत प्राप्त दल कसको थियो? सत्ता सुखको लागि निर्लज्ज भई संसदीय व्यवस्थाको चीरहरण गर्ने को थिए? आइ.एन.जी.ओ. तथा एन.जी.ओ.को चक्रव्यूहमा देशलाई फँसाएर राज्य संयन्त्रलाई धमिराले झैँ ध्वस्त पार्ने कुकर्मको ठेक्दार को हो? जनप्रतिनिधिमूलक संसदीय व्यवस्था भर्खर स्थापना हुँदै गरेको अवस्थामा विदेशी डिजाइनमा विदेशीको सैन्य तालिम, हतियार सहयोग, आर्थिक सहयोग समेत लिएर कथित जनयुद्धको हिंसा मच्चाउने को थियो? सत्तासुखको लागि विदेशी डिजाइन अनुसार गठबन्धन गरी देशको सार्वभौसत्तालाई छिमेकी देशको दूताबासमा बन्धकी राख्ने को हो? वैधानिक, नैतिक, राजनीतिक कुनै पनि आधार बिना दूरगामी असर पर्ने गरी विदेशी तथा विधर्मी समेतको डिक्टेसनमा भएको धर्म निरपेक्षता लगायतका निर्णयहरुमा सहीछाप गरेको कसले? कर्मचारीतन्त्र, सुरक्षा संयन्त्र र न्यायपालिका समेत गुटबन्दी, सिण्डिकेट, दलाली, भागबण्डामा जकडिएको अवस्थामा पुगिसकेको यो देशमा अब विधि पद्धति प्रक्रिया प्रणाली, कानुनको शासन स्थापना गर्ने कसले ? दलिय कुन्ठा र सङर्किणताकै कारण सार्वभौमसत्ता सम्पन्न व्यवस्थापिका संसदलाई लोकतान्त्रिक कार्यगर्न महिनौ अवरोध प¥ुयाउने को थिए? देशको अति गंविर र संवेदनशील आन्तरिक मामिलाको निर्णय तछाड मछाड गर्दै लैनचौर दरवारमा गई निर्णय गर्नेको थीए? देश द्वन्द्वमा जलिरहेको बेला लैनचौर दरवारमा मिष्ठान्न भोजन गर्ने को थिए? अधिकार प्राप्तिका नाममा आफ्नो नितान्त स्वार्थी मोनोकांक्षा पूरा गर्न बन्द, हड्ताल, चक्काजाम, नेपाल बन्द, हुँदाहुँदा नाकाबन्दी समेत गर्न र गर्न उक्साउने र प्रत्यक्ष सहयोग पु¥याउने को थिए? विचार गरौँ ।
हामी निरन्तर गलत मार्गमा हिँडिरहेका छौं। गलत नम्वर डायल गरेर सही परिणामको अपेक्षा गरिरहेका छौँ। हामी आफ्नो अनुकुलतामा चुप लाग्छौं र प्रतिकुलतामा तीन भीत्ता उफ्रन्छौं। हामीले शृङखलाबद्ध रुपमा गलत प्रतिमान स्थापित गरेरहेका छौं, जब समस्या चक्रव्युहूमा फस्छ तव आरोप प्रत्यारोप गरेर आत्मारती लिन्छौं।