Best Online News From Nepal

प्रतितोला ६ सयले घट्यो सुन, ५४ हजार ४ सय रुपैयाँ कायम

साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । बिहिबार प्रतितोला ५५ हजार रुपैयाँ रहेको छापावाल सुन आज ६ सयले घटेर ५४ हजार ४ सय रुपैयाँ कायम भएको हो । सो दिन चाँदीमा पनि सामन्य कमी आएको छ । शुक्रवार चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेर ७ सय ७० रुपैयाँ भएको छ । बिहिबार प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *