Best Online News From Nepal

प्रजातन्त्र आएको ६५ वर्ष नाघ्यो, खै जनताको आर्थिक समृद्धि ?

समष्टिगत आर्थिक सूचकांक र अन्तर्राष्ट्रिय तुलनाका आधारमा प्रजातन्त्र स्थापना पछिको ६५ वर्षभन्दा लामो योजनाबद्ध आर्थिक विकासको परिणाम निराशाजनक रह्यो । आर्थिक सर्वेक्षण ०७१÷७२ का अनुसार कुल गार्हस्थ उत्पादन २,१२४.६ अर्ब बराबर र प्रतिव्यक्ति राष्ट्रिय आय यूएस ७७२ मात्र रहेकाले नेपाल अझै पनि संसारका १० वटा अत्यन्त निर्धन मुलुकमध्ये एउटा हो । विगत पाँच वर्षमा औसत आर्थिक वृद्धि दर ३.५ प्रतिशतमा सीमित रहेको र चालू आव ०७२÷७३ मा आर्थिक वृद्धिदर ऋणात्मक रहने प्रक्षेपण गरिएको छ । चालू आवमा मुद्रास्फीति दर दोहोरो अंकमा पुग्ने अनुमान गरिएको छ । नेरा बैंकबाट हालै प्रकाशित तथ्यांकअनुसार आव ०७२÷७३ मा व्यापार घाटा कहालीलाग्दो रूपमा बढेको र एक वर्षको बजेटको आँकडा नाघेर ६८९.४ अर्ब रुपैयाँ पुगेको, कुल निर्यात (८५.३ अर्ब) ले एउटा वस्तु पेट्रोलियम पदार्थको आयात (११० अर्ब) पनि धान्न नसकेको, प्रत्यक्ष वैदेशिक लगानी उत्साहवर्धक नरहेको तथा दैनिक सरदर १५ सय युवायुवती (अनुमानित कुल ४० लाख) नेपालबाट वैदेशिक रोजगारमा संलग्न रहेको र त्यसबाट प्राप्त रेमिटेन्स (६१७.३ अर्ब कुल गार्हस्थ उत्पादनको २९.१ प्रतिशत) ले गरिबी निवारणमा सघाउ पुगेको भए पनि प्राप्त वैदेशिक मुद्रामध्ये ५३ प्रतिशत रिजर्भ बैंक अफ इन्डियालाई बेचेर नेपालमा भारतीय मुद्राको मागलाई आपूर्ति गरिएको छ । त्यस्तै, गार्हस्थ उत्पादनको अनुपातमा अनुमानित कुल उपभोगको हिस्सा ९१.१ प्रतिशत, कुल बचतको हिस्सा ८.९ प्रतिशत र कुल लगानी (पुँजी निर्माण) को हिस्सा ३७.१ प्रतिशत रहेको छ भने गार्हस्थ उत्पादनको अनुपातमा राजस्वको योगदान १८.४ प्रतिशत, सरकारी खर्चको अनुपात २३.३ प्रतिशत, पुँजीगत खर्चको अनुपात ३.३ प्रतिशत, सावाँ(ब्याज भुक्तानीको अनुपात २.९ प्रतिशत (३८.४ प्रतिशतले वृद्धि), वैदेशिक सहायता र ऋणको अनुपात ५.९ प्रतिशत, बजेट घाटाको अनुपात ४.५ प्रतिशत, कुल ऋण (आन्तरिक र बाह्यसमेत) ५८०.५ अर्ब, कुल निक्षेपको अनुपात ६६ प्रतिशत, कुल कर्जाको अनुपात ७०.७ प्रतिशत, निर्यातको अनुपात ४.८ प्रतिशत, आयातको अनुपात ३६.८ प्रतिशत र गार्हस्थ उत्पादनको अनुपातमा व्यापार घाटा ३२.१ प्रतिशत रहेको छ । अक्सफोर्ड विश्वविद्यालय र यूएनडीपीले संयुक्तरूपमा गरेको अध्ययनअनुसार नेपालमा ६५ प्रतिशत मानिसहरू निरपेक्ष गरिबीको रेखामुनि रहेका छन् ।
प्रजातन्त्रको उदय
नेपालको ईतिहासमा अढाई सय वर्ष देखि एक्कात्मक राज्यसत्ताले अवलम्वन गरेको निरङ्कुश शासन, अन्याय÷अत्याचार तथा भेदकारी नीतिका कारण जनताले निकै सास्ती खेपेका थिए । नेपालको राजनैतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक परिवर्तन हुने क्रममा ठुला ठूला राजनैतिक परिवर्तन हामीले महसुस गर्न पाएका छौं । वि.सं. १९०३ सालदेखि २००७ सालसम्म अर्थात् १०४ वर्ष एक छत्ररूपमा राणाहरूले शासनसत्ता सञ्चालन गरेका थिए । २००७ साल फाल्गुन ७ गते देखि १०४ वर्षे जहाँनिया राणाशासकहरुको एकलौटी र मनोपली शासनको अन्त्य भइ राजाले जनताका प्रतिनिधिहरु समावेश गरेर मन्त्रिमण्डलको गठन गर्यो र जनताले निर्वाचनमार्फत गठन गर्ने विधानसभाले देशका लागि संविधान निर्माण गर्ने घोषणा भयो । शाह र राणा कालमा शासन सत्तामा राजनीतिक दलको अस्तित्व कायम नहुँदा नेपालमा राजनीतिक दलको विकासको इतिहास धेरैपछि शुरू भयो । नेपालमा सर्वप्रथम वि.सं. १९९३ साल जेष्ठ २० गतेका दिन प्रजा परिषद् नामक राजनीतिक दलको जन्म भएको थियो । तत्पश्चात क्रमशः वि.सं. २००३ सालमा नेपाली राष्ट्रिय काँग्रेस, वि.सं. २००५ सालमा नेपाली काँग्रेस, २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी र २००७ सालमा गोर्खा परिषद् लगायतका पार्टीहरू गठन भई राजनीतिक दलहरूको विकास हुँदै आएको पाइन्छ । तत्पश्चात वि.सं.२०१५ सालदेखि हालसम्म दलको संस्थागत विकासको प्रयोजनको लागि र लोकतान्त्रिक पद्धती अनुसार सम्पन्न भएका निर्वाचनहरूमा भाग लिने प्रयोजनका लागि बिभिन्न राजनीतिक दलहरू निर्वाचन आयोगमा दर्ता हुँदै आएका छन् । साथै पूँजीवादी प्रजातान्त्रिक अधिकारका लागि सङ्घर्ष र सामन्तवादी शोषण उत्पीडन र दमनका विरुद्ध सामन्तवादी राजतन्त्रको अन्त्य गणतन्त्रको स्थापना गरिएता पनि सामन्तवादी आर्थिक आधारको अन्त्य गरिएको छैन । सामन्तवादी आर्थिक आधारलाई सामन्तवादी जातिवादी, क्षेत्रीयतावादी, संस्कृतिलाई जोगाउने साम्राज्यवादी तथा विस्तारवादी शक्तिले आफ्नो राजनैतिक तथा आर्थिक स्वार्थ जोगाउन नेपालका राजनैतिक दलहरू र बौद्धिक समुदायलाई भ्रष्टीकरण गरेर दलाल, नोकरशाही पूँजीपति वर्गको सत्तालाई जोगाइरहेका छन् ।

राजतन्त्रको अन्त्य
निरङ्कुश शाही पञ्चायतका विरूद्ध २०३६ सालको आन्दोलनले राजा वीरेन्द्रले दलीय व्यवस्था कि निर्दलीय व्यवस्था भनेर जनमत संग्रह गराए । गरीब जनताको रगत पसिना चुस्न सिपालु पञ्चेहरूले दलहरूलाई खुला गर्दा आफ्ना राजनैतिक, आर्थिक स्वार्थमाथि ठूलो धक्का लाग्ने भएकाले निर्दलीयतालाई विजयी बनाए । २०४६ सालको जनआन्दोलनद्वारा बहुदलीय व्यवस्था त ल्याए पनि सार्वभौमसत्ता चाहिँ संवैधानिक राजतन्त्रको नाममा राजामा नै राखे । २०५२ फागुन १ मा माओवादीले सामन्तवाद, दलाल र नोकरशाही पुँजीवादका विरुद्ध सशस्त्र जनयुद्धको उद्दघोष गर्योस । मावोवादी १० वर्षे सशस्त्र जनयुद्धमा ठुलै राजनीतिक उथलपुथल ल्यायो । मुलुकमा यतिका राजनीतिक उपलब्धीहरु हासिल गर्नलाई देशले ठुलो जनधनको क्षति व्यहोरेको छ । दश वर्षे मावोवादी सशस्त्र जनयुद्ध, मधेस आन्दोलन, लिम्बुवान आन्दोलन तथा ०६२÷६३ को जनआन्दोलनले पुरानो शाहवंशीय राज्य व्यास्थालाई अन्त्य गरि संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, संविधानसभाको चुनाव, समानुपातिक, समावेशी सहमतीय सरकारद्वारा जनताको संविधान बनाउँने ६०१ जनालाई जिम्मा लगाए । अहिले बनेको नेपालको संविधान २०७२ मार्फत नेपाललाई फेरि संघीय गणतान्त्रिक राज्यको नयाँ स्वरुप दिइयो ।

development 1प्रजातन्त्रअघिको नेपाली अर्थतन्त्र
एकपछि अर्को गर्दै वर्षहरु वित्दै गए । संरचनाका दृष्टिले राणकाल अन्त्यपछि नेपालले प्रजातन्त्र, पञ्चायत, बहुदल, लोकतन्त्र र गणतन्त्र हुँदै संघीय गणतन्त्रसम्मको फेज पार गर्यो । यद्यपि, विकास निर्माण तथा आर्थि समृद्धिका एजेण्डामा नेपाल झन्झन् पछि पर्दै गयो । मुलुकका हरेक क्षेत्रको राजनितीकरण हुँदै गयो, फस्वरुप भएका विकास निर्माणको स्थिती पनि खस्कँदै गयो । राणा कालको कुरा गर्ने हो भने, त्यस समयमा जनताले सास्ती खेप्नुपरेको भएतापनि मुलुक भने समृद्ध थियो । त्यस समयमा मुलुकको अन्तर्राष्ट्रिय व्यापार सम्बन्ध निकै प्रगाढ थियो । आयात कम र निर्यात ज्यादा हुँदा मुलुकको अर्थतन्त्र बलियो थियो । वैदेशिक लगानी पनि सो समयमा उल्लेख्य मात्रामा भित्रिरहेको थियो । जनतालाई दुःख दिएर पनि विलासी जीवनशैलीमा रमाउने राणा शासकहरुले मुलुकको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याएका थिए । सुन र चाँदीका दरबारहरु प्रजातन्त्र स्थापना हुनुअघि नै बनेका थिए । पशुपतिनाथ, भक्तपूर दरबार स्क्वायर  लगायत नेपालका राष्ट्रिय गौरवका संरचनाहरु प्रजातन्त्र स्थापना हुनुअगावै बनेका थिए । त्यस्तै, विभिन्न अन्तर्राष्ट्रिय स्तरका सन्धि सम्झौता तथा व्यापार सम्झौताहरु प्रजातन्त्र स्थापना हुनु अगाडि नै भएका थिए । राणा प्रधान मन्त्री चन्द्रशमशेरको प्रधानमन्त्रीत्व कालमा नेपालमा जलविद्युत् प्रविधि प्रवेश भएको थियो । १०५ वर्षअघि चन्द्रशमशेरले फर्पिङबाट बिजुली निकालेर काठमाडाँै सहरलाई उज्यालो पारिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *