Best Online News From Nepal

प्रचण्डलाई हराउने सहित यी हुन् कांग्रेसका १० मन्‍त्री

कांग्रेस तर्फबाट सरकारमा सहभागी १० मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन्।

कांग्रेसबाट मन्त्री बन्नेमा भीमसेन दास प्रधान रक्षा, बीरबहादुर बलायर भौतिक पूर्वाधार तथा यातायात, यज्ञबहादुर थापा कानुन, मीन विश्वकर्मालाई वाणिज्य मन्त्रालयको जिम्मा दिइएको छ।

यस्तै मोहन बस्नेत सूचना तथा सञ्चार, सञ्जय गौतम सिँचाई, रामकृष्ण यादव कृषि, राजन केसी युवा तथा खेलुकद मन्त्री बनेका छन्।

अम्बिका बस्नेतलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ भने महेन्द्र यादवलाई खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनी अन्तिम समयमा मन्त्रीको लिष्टमा अटाएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *