Best Online News From Nepal

प्रचण्डको नयाँ निर्णय : बर्तमान सरकारमै बस्ने, तत्काल सरकार नढाल्ने

एमाले नेतृत्वलाई छोडेर काँग्रेससँग सरकार बनाउने खेलमा लागेको एमाओवादीले आफ्नो निर्णय फेरि परिवर्तन गरेको छ । एमाओवादीले तत्कालका लागि वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ । नेपाली कांग्रेसले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन गृहकार्य सुरु गरेको थियो । तर पछिल्लो समयमा एमाओवादीले एमालेको बर्तामान सरकारको साथ नछाड्ने भएको हो । यसअघि यहि विषयले मन्त्रीपरिषदको बैठक समेत सरेको थियो । कांग्रेस सभापति देउवासँग भएको वार्तामा दाहालले आफ्नो नेतृत्वमा सरकार बनाउन नसकिने जानकारी गराएपछि एकाएक बर्तमान सरकार जोगिएको हो । एमाओवादीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले सरकार नछोड्न दबाब दिएको बतायएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *