Best Online News From Nepal

प्यारिस आक्रमणका प्रमुख संदिग्ध पक्राउ

बेल्जियमको राजधानी ब्रसल्समा गरिएको एउटा नाटकीय सुरक्षा कारवाहीमा प्यारिस आक्रमणका मुख्य संदिग्ध सलाह अब्देसलाम पक्राउ परेका छन्।

विगत चार महिनादेखि फरार रहेका उनी सुरक्षा कारवाहीका क्रममा घाइते भएको अधिकारीहरुले बताएका छन्।

बेल्जियमको प्रति-आतंकवाद प्रहरीले गरेको कारवाहीका क्रममा प्यारिस आक्रमणका मुख्य संदिग्ध सलाह अब्देसलाम खुट्टामा गोली लागी घाइते भएका छन्।

अभियोजनकर्ताहरुका अनुसार खोजी सूचीमा रहेका अर्का व्यक्ति मोनिर अहमद अलाज पनि पक्राउ परेका छन्।

अब्देसलामलाई प्रश्रय दिएको आरोपमा उनको परिवारका अन्य ३ जना सदस्यलाई पनि पक्राउ गरिएको छ।

सुपुदर्गी

फ्रान्सका राष्ट्रपति फ्रान्स्वा ओलन्दले अब्देसलामलाई जतिसक्दो चाँडो फ्रान्स सुपुदर्गी गरिने आफ्नो अपेक्षा रहेको बताएका छन्।

मंगलबार छापा मारिएको एउटा अपार्टमेन्टमा अब्देसलामको औंठाछाप फेला परेपछि प्रहरीले मोलन्बेक क्षेत्रमा पछिल्लो कारवाही गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *