Best Online News From Nepal

पोर्चुगल पठाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

पोर्चुगल पठाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

रोल्पा जिल्ला सुनछहारी गाउँपालिका वडा नं २ घर भई हाल का.जि.टोखा न.पा. वडा नं ११ गंगबु स्थितमा “गामा ट्राभल्स एण्ड टुर्स ” संचालन गरी बस्ने वर्ष ३२ को जय प्रकाश बुढा मगरलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले मिति २०७४।०४।११ गते का.जि.का.म.न.पा. नयाँबसपार्कबाट पक्राउ गरिएको छ ।
प्रकाश बुढा मगरले एक व्यक्तिलाई पोर्चुगल पठाईदिन्छु, मासिक तलब रु ८०,०००।–(अक्षरुपी असी हजार रुपैँया) हुन्छ भनि विभिन्न प्रलोभनमा पारी विश्वास दिलाई रु १२,००,०००/- (अक्षरुपी बाह्र लाख रुपैँया) रकम लिई दुवईमा २ महिना ३ दिनसम्म राखी दुवईबाट इराक पठाएको र इराकको एयरपोर्टमा नक्कली भिषा हो भनि नेपाल फिर्ता पठाईए पश्‍चात पुन: दक्षिण अफ्रिका पठाउँछु भनि विभिन्न बाहाना र आलटाल गरी ठगी गरेको अभियोगमा पक्राउ गरी ठगी मुद्धामा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि मिति २०७४।०४।१२ गते महानगरीय प्रहरी परिसर काठमाण्डौमा पठाईएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको नेपाल प्रहरिले जानकारि दियको छ।

स्रोत -https://www.facebook.com/NepalPolicePHQ/

Leave a Reply

Your email address will not be published. Required fields are marked *