Best Online News From Nepal

पोखरामा चैत २८ गते बाट फेवा नव बर्ष महोत्सब २०७५

१८ चैत,पोखरा
बिगतमा जसरि नै यस बर्ष पनि फेवा नव बर्ष महोत्सब हुने भएको छ । आन्तरिक एबम बाह्य पर्यटन प्रबर्दन गर्ने उद्देश्यले पशिमाञ्चल होटल संघको आयोजनामा फेवा किनारको कोमागाने पार्कमा यहि चैत २८ गते बाट आगामी बैशाख २ गतेसम्म महोत्सब हुने छ । पर्यटन,सस्कृति र खाना महोत्सबका मुख्य आकर्षण रहने छन ।
नेपालका मुख्य सहरमा अंग्रेजी नया बर्ष धुमधामका साथमा मनाउने गरिएकोमा नेपालि नया बर्ष पनि उत्तिकै महत्वपूर्ण रहेको र यसको प्रचार गरि आफ्नो मौलिक सस्कृतिको रक्षा गर्ने अभिप्राय महोत्सवले लिएको संघले आइतबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । विनासकारी भुकम्प,भारतीय नाकाबन्दी र बाढीपहिरो लगायतका बिबिध घटनाका कारण अप्ठ्यारोमा परेको पर्यटनलाइ उकास्ने उपाएको रुपमा महोत्सबलाइ लिएको संघले जनाएको छ ।महोत्सब उद्घाटन अघि हलनचोकबाट कोमागाने पार्कसम्म सास्कृतिक झाकी सहितको र्याली निकालिने पशिमाञ्चल होटल संघका अध्यक्ष्य विकल तुलाचनले जानकारी दिनुभयो ।महोत्सबका आकर्षणका रुपमा पोखरा क्षेत्रका स्थानीय खानाका परिकार,लोक दोहोरि गित,प्रख्यात कलाकारबाट पप कन्सर्ट,बाल उधान,पर्यटक दौड,डुंगा दौड प्रतियोगिता,हास्य कलाकारको प्रस्तुति,खुल्ला नृत्य प्रतियोगिता,खुल्ला रत्यौली गित प्रतियोगिता,खुल्ला भजन चुड्का प्रतियोगिता आदि रहेका छन् ।महोत्सवमा आन्तरिक पाहुनालाई लक्षित गरी संघले छुटसहितका विभिन्न ४ वटा प्याकेजहरु समेत सार्वजनिक गरेको छ । तिनमा दुई हजार नौ सय ९० रुपैयाँ देखि २१ हजार एक सय १० रुपैयाँ विचका घुमघाम, शैक्षिक भ्रमण, र मधुमासका दुई वटा गरी कूल ४ प्याकेज रहेका छन् ।
महोत्सबकै प्रचारका लागि संघले चैत ९ देखि १२ गतेसम्म पश्चिम नेपालका धनगडी,नेपालगंज,सुर्खेत र कन्चनपुरमा जाउ है पोखरा अभियान समेत संचालन गरिसकेको छ ।महोत्सबको एक लाख दर्शकले अबलोकन गर्ने र महोत्सब अबधिभर चालिस हजार पर्यटक भित्राउने लक्ष्य संघले राखेको छ । महोत्सबमा ५६ लाख आम्दानि,४८ लाख ९५ हजार खर्च र सात लाख पाच हजार रुपैया बचत हुने अनुमान गरिएको छ ।महोत्सब सम्पन्न गर्न संघका अध्यक्ष्य विकल तुलाचनको संयोजकतामा बिभिन्न ३४ वटा उपसमितिहरु गठन गरिएको छ ।यति ब्रुअरीको अर्ना बियर महोत्सबको मुख्य प्रायोजक र नेपाल पर्यटन बोर्ड प्रबर्दक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *