Best Online News From Nepal

पैसा तिरेर आफ्नै अपहरण : संसारका केही अपत्यारिला व्यवसायहरु

व्यवसाय सेवा बेच्ने माध्यम हो । आफूले कुनै पनि सेवा दिएवापत सम्बन्धित व्यक्तिमार्फत शुल्क लिने सबै कामलाई व्यवसाय भन्न सकिन्छ । संसारमा धेरै व्यवसायहरु छन्, जस्तै, पसल, पार्लर, डेरी, स्कुल आदि इत्यादि । तर, संसारमा यस्ता व्यवसायहरु पनि छन् जसको तपाईँले नामसम्म पनि सुन्नु नभएको हुन सक्छ ।
यी हुन् संसारका ६ अनौठा व्यवसायहरु :

  • गत बर्ष एक वेवसाईटले गर्लफ्रेण्ड व्वाफ्रेण्ड बनाई दिने अफर राखेर एक सेवा सुरु गर्यो । यस सेवा अन्तर्गत १७ सय रुपैँयामा मानिसहरु झुटा सम्बन्ध बनाउन सक्छन् । वेवसाईटले धेरै मानिसहरुले पैसा तिरेर यो सर्भिस लिन चाहेकाले यो ब्यवसाय सुरु गरेको जनाएको थियो ।
  • केहि समय पहिले एक मसाज सुरु गरियो जसमा मसाज गर्न आउनेहरुलाई थप्पड हानिन्थ्यो । केहि मेडीकल रिपोर्टका अनुसार, थप्पड हान्नाले स्कीन टाईट हुन्छ । यो सेवा लिन मानिसहरुले ३६ हजारसम्म तिरेका छन् ।
  • अपहरण हुँदाको अनुभव गर्ने इच्छा पूर्तिका लागि अमेरीकामा किडन्याप बिजनेस सुरु गरियो । जसअन्तर्गत इच्छुकको सहमतिमा नै अपहरण गरिन्छ भने अपहरित हुनेले पैसा केही पैसा समेत खर्च गर्नुपर्छ ।
  • एक अनलाईन जसले तपाईबाट पैसा लिन्छ तर त्यसको बदलामा के के सामान पठाउँछ भन्ने नै थाहा हुदैन । अमेरीका लगायतका केहि देशहरुमा एक एक यस्तो वेवसाइट चलाइएको छ जसले तपाईँबाट पैसा लिएर सामान पठाउँछ तर के सामान पठाउँछ भन्ने थाहा हुँदैन । यो साइटबाट मानिसहरु रहस्यमय मासान मगाउने गर्दछन् । यस सर्भिसमा जबसम्म सामान तपाईको घरमा जाँदैन, तबसम्म तपाई के सामान पाउदै हुनुहुन्छ भन्ने कुरा तपाईँलाई पनि थाहा हुँदैन ।
  • साउथ कोरियामा एक यस्तो सर्भिस छ, जहाँ धेरै भन्दा धेरै खाना खाएपछी महिनामा ६० हजारसम्म पैसा कमाउन सकिन्छ । यसलाई मुकबगंको नाम दिईएको छ ।
  • यदि तपाईले चाहनु भयो भने कसैसँग सरी माग्नको लागी सर्भिस लिन सक्नुहुन्छ । आफूले गल्ती गर्दा तपाईको तर्फबाट कोही अरु मानिसले सम्पर्क गरेर तपाईले चित्त दुखाउनु भएको व्यक्तिसँग माफि माग्ने सिस्टम छ । सो व्यक्तिले माफी माग्न गरेको प्रयासको आधारमा शुल्क लाग्ने हुन्छ

Source: BusinessSansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *