Best Online News From Nepal

पेट्रोलीयम व्यबसायीमा चुनावी सगर्मी, त्रिपक्षिय भिडन्त

पेट्रोलियम व्यबसायीहरुमा चुनावको सगर्मी बढेको छ । नेपाल पेट्रोलीयम डिलर्स राष्ट्रिय एशोसियसनको ३९ औ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गर्दैछ । शुक्रबार र शनिबार गरी दुइदिने अधिवेशन काठमाडौंमा सुरु भएको छ ।  एशोसिएसनको भावी नेतृत्वका लागि तीनजना अध्यक्षका उमेदवार अघि सरेका छन् । पूर्व अध्यक्ष सरोज पाण्डे, निवर्तमान अध्यक्ष लिलेन्द्र प्रधान र सल्लाहकार नविनचन्द्र श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । पछिल्लो समयमा संघमा राजनीतिक दवाव बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *