सरकारले बुढिगण्डकी जलविद्युत् आयोजना निमार्णका लागि पेट्रोलियम पदार्थमा ५ रुपैयाँ मुल्यवृद्धि गर्ने भएको छ । संसद्मा आर्थिक वर्ष २०७३÷०७४ का लागि बजेट प्रस्तुत गर्र्दै अर्थमन्त्री विष्णु पौडेलले आयोजना निर्माणका लागि सरकारले भन्सार विन्दुमै डिजेल, पेट्रोलसहित हवाइ इन्धन र मट्टीतेलमा ५ प्रतिशत पूर्वाधार कर लगाउने भएकोे बताएका हुन् ।
यसरी बढाइएको रकमबाट बुढिगण्डकी जलविद्युत् आयोजना निमार्णको लागि सरकारलाई ७ अर्ब रुपैयाँ प्राप्त हुने भएको छ । सरकारको यो घोषणाले सबै पेट्रोलियम पदार्थमा ५ रुपैयाँ मूल्यवृद्धि हुनेछ । संकलित रकमबाट १ हजार २ सय मेगावाटको बुढीगण्डकी आयोजना निर्माण गरिने छ ।