Best Online News From Nepal

पृथ्वीका कल्पवृक्ष राजगुरू शिवराम पन्त

पृथ्वीका कल्पवृक्ष राजगुरू शिवराम पन्त

” पाङका ज्योतिष,बेनीका तान्त्रिक,ओखले गैरीगाउँका नैयायिक,वैयाकरण साहित्य” भन्ने चलन आज पनि बुढाबुढीबाट सुन्न पाइन्छ। विद्वत्प्रवर शिवराम पन्त अत्यन्त यशस्वी थिए।राजा किर्तिबम मल्लको राजगुरूको रूपमा रहेका यिनी रमापति पन्तका कान्छा छोरा थिए।यिनका शिक्षादिक्षा विद्याध्ययन बागलुङ पर्वतमा दाजु हरिराम पन्तबाट भएको थियो।
यिनी राजगुरू हुनाका साथै धर्माधिकारी थिए।राजापनि पनि उदार प्रकृतिका थिए।आफ्नो आँखा र कानले भ्यायसम्म कपडा व्रस्त्र भोकप्यास मेटाएर पनि शिक्षा दिने कार्यमा सधै दत्तचित्त भएर लागिपरिरहेका उनले आफ्नो जिवन पर्यन्त “सेवा नै धर्म हो “,”विद्यादान उत्तम दान”हो भन्ने परम सत्यलाई आत्मसात गरी जीवनको अन्तिम घडी सम्म पनि उनले योआफ्नो सेवाजन्य व्रतलाई कठिनतम् परिस्थितीमा पनि छाडेनन् ।
जहाँ राम त्यहाँ अयोध्या भनिए जस्तैजहाँ शिवराम थिए त्याहाँ सेवा र शिक्षा सुलभ बनाएर “पृथ्वीका कल्पवृक्ष” कहलाए।राजा र राजगुरूको यो समय राजा रामको समय जस्तै रहेको अनुमान गर्न सकिन्छ। विडम्बना ,यसरी विद्वता र उदारता दुवै भएका यशस्वी शिवराम पन्त बीसौ शताब्दी भित्रै विलुप्त व्यक्तित्वको रूपमा रहन पुगे।यो त्यतिखेरको जन समुदायको र शासकको लापर्वाही हो भन्न सकिन्छ। यस्ता विषयलाई इतिहासले कहिल्यै क्षमा गर्ने छैन।

डा स्वामी प्रपन्न्चार्य(कार्तवीर्योदय पृ 29)