श्रीकृष्ण धिमाल/ काठमाडौ,
नेपाल राष्ट्रका एकताका प्रतिक बडा महाराजाधिराज पृथ्वीनारायण शाहको सालिक अब भारतको राजधानी दिल्लिको मुख्य चोकमा निर्माण गर्ने लागियको जानकारि प्राप्त भयको छ। भारतीय जनता पार्टीका वरिष्ठ नेता, भारतको राज्यसभाका पूर्व सांसद एवं वरिष्ठ पत्रकार श्री तरुण विजयले नेपालको राष्ट्रिय एकताका नायक श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई सम्पूर्ण भारतवर्षकै नायक एवं हिन्दू सम्राटका रुपमा मानेर नेपालका साथसाथै भारतमा समेत सम्मान गर्नु पर्ने धारणा व्यक्त गर्नु भयो । उहाँले भारतको राजधानी नयाँ दिल्लीमा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको भव्य शालिक एवं पार्क (स्मारकस्थल) बनाउन प्रयत्न गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । भारतीय विद्यालयहरुका इतिहासमा श्री ५ बडामहाराजाधिराजपृथ्वीनारायण शाहको जीवनी पठनपाठन हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो
ओ३म्
नमस्ते…
वहुत सहृानीय कदम