Best Online News From Nepal

पुनर्निर्माणमा खटिने स्वयंसेवकका यस्ता छन कार्यक्षेत्र र मापदण्ड

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणमा सहयोग गर्न १५ दिन समय तोकेर जेठ ७ गतेदेखि स्वयंसेवक परिचालन गर्दै छ ।
स्वयंसेवकले आफ्नो खर्चको व्यवस्था आफै गर्नुपर्ने छ भने अनुदान रकम वितरणसम्बन्धी सम्झौताहरुमा सहजिकरणका लागि सम्बन्धित गाविस, नगरपालिका वा जिल्लाकै बासिन्दा मात्र स्वयंसेवक बन्न पाउने शर्त प्राधिकरणले तोकेको छ ।
जनशक्ति अभावमा पुनर्निर्माण प्रभावकारी नभएको भन्दै प्राधिकरणले ल्याएको स्वयंसेवक परिचालनको अवधारणामा स्वयंसेवक परिचालन हुन लागेका हुन ।

स्वयंसेवकले के के गर्न पाउँछन त ? यस्ता छन् स्वयंसेवकहरुको लागि तोकिएका ४ वटा कार्यक्षेत्र –

  • अनुदान रकम वितरणका लागि गाविस सचिव तथा नगरपालिकाका कार्यकारी अधिकृत र लाभग्राही घरधनीका बीच हुने सम्झौताका लागि सहजीकरण गर्ने ।
  • अनुदान सम्झौताका क्रममा आउने गुनाँसोलाई व्यवस्थित ढंगले दर्ता गरी समाधान गराउन गाविस वा नगरपालिका कार्यालयहरुलाई सहयोग पुर्याउने ।
  • हालसम्म पनि पालमुनि बसिरहेका भूकम्प पीडितलाई वर्षात अगाडि नै व्यक्तिगत वा सामूहिक अस्थायी आवासमा ल्याउन सहयोग पुर्याउने।
  • समुदायमा विभिन्न कारणले पछाडि परेका घरपरिवार वा हालसम्म पनि पालमुनि बसिरहेका घरपरिवारहरुले स्थायी आवास पुनर्निर्माण गर्न चाहेमा सहयोग र्पुयाउ पुर्याउने ।

यी काममा स्वयंसेवकका लागि मापदण्डहरु निर्धारण गरिएका छन्। कस्ता छन् त मापदण्ड ? 

  • अनुदान सम्झौता तथा बैँक खाता खोल्न सहयोग गर्ने स्वयंसेवक सम्बन्धित गाविस वा नगरपालिकाकै हुनुपर्ने। यो काममा स्वयंसेवक परिचालन गर्ने संघसंस्था वा राजनैतिक पार्टीहरुले गाविस वा नगरपालिकामा जेठ ५ गतेभित्र नाम दर्ता गराउनुपर्ने ।
  • अस्थायी वा स्थायी आवास पुनर्निर्माणमा सहयोग गर्न चाहने स्वयंसेवकहरुले जिल्ला दैवी प्रकोप उद्दार समितिमा जेठ ५ भित्र नाम दर्ता गराउनुपर्ने  । यस्ता स्वयंसेवक सम्बन्धित जिल्लाकै हुनुपर्नेछ भने शारीरिक रुपमा तन्दुरुस्त हुनुपर्नेछ। यो कामका लागि चाहिने स्वयंसेवकको संख्या जिल्ला दैवीप्रकोप उद्दार समितिले यकिन गर्नेछ ।
  • स्थायी वा अस्थायी आवासहरुको निर्माणमा संलग्न हुने स्वयंसेवकले सहरी विकास मन्त्रालय अन्र्तगतका सम्बन्धित जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रशिक्षकबाट तालिम लिनुपर्ने ।
  • अनुदान सम्झौता एवं गुनासो व्यवस्थापनमा संलग्न हुने स्वयंसेवकले गाविस सचिव वा इन्जिनियरबाट तालिम लिनुपर्नेछ ।
  • स्वयंसेवकहरुले आफ्नो यातायात, बसोबास तथा खानपानको व्यवस्था लगायत अन्य सबै खर्चहरु आफै गर्नुपर्ने ।
  • स्वयं सेवकहरुले स्थानीय भूकम्प पीडित जनताको मनोभावनाको प्रतिकूल हुने गरी कुनैपनि काम गर्न र थप आर्थिक भार पार्न पाइने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *