Best Online News From Nepal

पुनः निर्माणको लागि १२ अर्ब ४१ करोड निकाशा

गतवर्षको वैशाख १२ गते आएको विनाशकारी भुकम्प पछि क्षेतिग्रस्त घरहरुको पुनःनिर्माणका लागि पुनः निर्माण प्राधिकरण जुटिरहेको छ ।
नेपाल राष्ट्र बैङ्क र अर्थ मन्त्रालयको समन्वयमा तीनवटा बैङ्किङ एसोसिएसनले गरेको निर्णयअनुसार भूकम्प अतिप्रभावित ११ जिल्लाका सबै गाविस तथा नगरपालिकाको क्षेत्र विभाजन हुने व्यवस्था मिलाइएअनुसार जिविस र बैङ्कहरूबीच हुने सम्झौताका आधारमा घरधनीले अनुदान प्राप्त गर्नेछन । दोलखाका १०, रामेछापका ४१ र ओखलढुङ्गाका २४ गाविसमा अनुदान सम्झौता जारी छ । भुकम्पबाट क्षेतिग्रस्त घर पुनm निर्माणका लागि अहिलेसम्म अहिलेसम्म आठ हजार घरधनीसँग सम्झौता भएको छ ।

यसैबीच,संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले भूकम्पबाट क्षेतिग्रस्त संरचनाको पुनः निर्माणको लागि १२ अर्ब ४१ करोड रुपियाँ प्राप्त गरेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान वितरणका लागि सो रकम निकाशा गरिदिएको हो । केन्द्रीय आयोजना कार्यान्वयन एकाइले भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि अतिप्रभावित ११ जिल्ला विकास समितिलाई ११ अर्ब ११ करोड ६० लाख रुपियाँ निकासा गरेको प्राधिकरणले जनाएको छ । प्राधिकारणका अनुसार धादिङ जिविसलाई ११ करोड ३३ लाख ५० हजार रुपियाँ, दोलखा जिविसलाई दुई अर्ब २२ करोड २५ लाख ५० हजार रुपियाँ, काभ्रेपलाञ्चोक जिविसलाई एक अर्ब ९६ करोड ५० लाख रुपियाँ, रसुवा जिविसलाई २६ करोड १५ लाख ५० हजार रुपियाँ, नुवाकोट जिविसलाई एक अर्ब ४८ करोड ८१ लाख रुपियाँ, सिन्धुपाल्चोक जिविसलाई एक अर्ब ७६ करोड ५४ लाख रुपियाँ, गोरखा जिविसलाई २१ करोड ४५ लाख रुपियाँ रहेको छ ।

यसैगरी ओखलढुङ्गा जिविसलाई ७४ करोड ९२ लाख ५० हजार रुपियाँ, सिन्धुली जिविसलाईसात करोड ५० लाख रुपियाँ, रामेछाप जिविसलाई एक अर्ब ४८ करोड ८१ लाख रुपियाँ र मकवानपुर जिविसलाई ३७ करोड छ लाख रुपियाँ पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *