Best Online News From Nepal

पार्वती-बुद्ध चैत्य

डा. गोविन्द सरण उपाध्याय————–

download

काठमाडौँको हाँडीगाउँ, बसन्तपुरको दरवार स्वायर तथा भक्तपुरको हनुमान घाटमा स्थापित बुद्धका परम्परागत ध्यानस्थ मूर्तिहरू शिवलिंग स्थापना गरिने योनिपीठमा स्थापना गरिएका छन् | प्रत्येक योनि-पीठहरू शिवलिंगकै शैलीमा उत्तरतिर फर्किएका छन्, चैत्यका चारैतिर शेषनागको छाता ओढेका ध्यानस्थ बुद्ध विराजमान छन् | यसैगरी चारकोणहरूमा चतुर्भुज हिन्दु-बौद्ध देवताहरू कुँदिएका छन् | मैले हाडीगाउँका पुराना मान्छेहरूलाई “बुद्धको मुर्ति किन योनीपीठमा स्थापित गरिएको हो र कसले स्थापित गरेको हो ?” भनेर सोध्दा “शिव पनि बोधिसत्व” नै भएकोले हाम्रा पुर्खाले यसो गरेका हुन् | यो बौद्ध र यो हिन्दूको भनेर पूजाआजा गरिन्न – भन्ने जवाफ दिए | हाँडीगाउँका ८७ वर्षका यी नेवारले दिएको जवाफले नेपाली सांस्कृतिक एकताको बलियो संदेश दिन्छ भने तथाकथित समावेशीकरणका नाममा सामाजिक, धार्मिक तथा सांस्कृतिक विखण्डन निम्त्याउनेहरूको बुद्धिमा बलियो थप्पड दिन्छ | नेपालका कुनै पनि इतिहासकारले यी चैत्यको विषयमा उल्लेख गरेको थाहा छैन | एस्तो अवधारणा प्रयोगात्मक प्रतिकहरू स्थापित गर्ने परम्परा बसाउने व्यक्तिको खोज गरेर राज्य तथा नागरिकतहमा सम्मान गरिनुपर्छ | यदि आधुनिक विभाजनकारी राजनैतिक आँखाले ब्याख्या गर्ने हो भने कट्टरपन्थी बौद्धहरूले शिवलिंग तोडेर बुद्धको मूर्ति स्थापना गरेको भनेर झगडा गर्न सकिन्छ | यस्तो झगडाको कुनै औचित्य छैन किनभने काठमाडौँका चारबटै नारायणहरूमा बौद्धहरूले र हिन्दूहरू दूबैले आराधना गर्छन् | यदाकदा युरोपेली र अमेरिकीहरूको “एकल धर्मवादी सोच”ले प्रेरित भएर धार्मिकस्थलमा समेत हिन्दूहरूले आक्रमण गर्ने भनेजस्ता विद्वंशकारी चिन्तनहरू प्रवाहित गरिन्छ | तर जनताले एस्तो विभाजनकारी चिन्तन अस्वीकार गर्दै आइरहेका छन् र यदाकदा प्रतिकार नै गरेका छन् | नेपालका बौद्ध तथा हिन्दूअनुयायीहरूविच प्राचीनकाल देखि नै एस्तो समन्वयात्मक सम्वन्ध रहेको देखिन्छ | आज यो समावेशीपनउपर प्रश्न उठेका छन् | राजनीतिज्ञहरूले यी दूई रैथाने धार्मिक समुदायविच विद्वेष उत्पन्न गराएर नेपालको गैर-रैथाने धर्मको विकास गर्न चाहन्छन् | मेरो इसारा राज्यले संगठितरुपमा धर्मपरिवर्तन गराउन क्रियाशील इसाई-मिशनहरूको संरक्षण गर्नेतिर हो | यसो भनिरहँदा इसाईहरूप्रति मेरो कुनै पूर्वाग्रह छैन | विनापूर्वाग्रह भन्नुपर्दा इस्लाम र इसाई नेपालीले मान्ने धर्म हुनसक्छन् तर नेपालका रैथाने, मौलिक संस्कृति हुनैसक्दैन | नेपालका लागि यी आगन्तुक धर्म नै हुन्, विदेशी धर्म नै हुन् | नेपाल र भारतमा विकसित भएका धर्मसम्प्रदायहरू स्वाभाविकरूपले समावेशी हुन्छन् भन्ने तत्थ्य मुस्तांगको मुक्तिनाथ मन्दिर, काठमाडौँका चारनारायण स्थानहरू, हिन्दू पूजास्थलमा स्थापित बुद्धमूर्तिहरूले प्रमाणित गर्छन् | सन् १९४८ मा दलाइलामाले भारतमा राजनैतिक शरण लिएपछि अमेरिकालगायतका पश्चिमा शक्तिहरूले चीनका विरुद्ध यिनको राजनैतिक उपयोग गर्दै आएको कुरा कसैसंग लुकेको छैन | पश्चिमाहरूको पैसाले निर्मित भएका नया गुम्वा र त्यसबाट उत्पादित जनशक्तिमा हिन्दु-बौद्ध समुदायविच रहेको धार्मिक समावेशीपनप्रति वितृष्णा उतपन्न भएको देखिन्छ | यसअर्थमा, अमेरिकी वा युरोप समर्थित नवबौद्धहरूमा इसाई-मुस्लिमको झैं एकदेववादी, एकपुस्तकवादी, एकधर्मवादी सोचको विकास हुँदैछ | यो विकास नेपाली सामाजिकताका लागि निकै खतरनाक प्रवृति हो | अहिले निर्मित हुने बौद्ध चैत्य वा गुम्वाहरूमा हिन्दूधर्मका देवीदेवताहरूलाई कुनै स्थान छैन | यदाकदा हिन्दू देवदेवीको अपमान समेत हुने गरेको छ | एस्तो प्रवृतिलाई बढ्न दिनुहुँदैन | धर्महरूउपर एस्तो बढ्दो राजनैतिक हस्तक्षेपले समाजमा नकारात्मक प्रभाव परिरहेको छ | नेपालका राननीतिक प्रतिमानहरूपनि विदेशबाट नै आयातित भएकोकारणले त्यहाको धर्मको निषेधात्मक प्रवृति पनि विद्यमान छ | फलत: भष्टाचार, असहिष्णुता आदि विद्यामान छैन | हिन्दू समुदायमा धार्मिक कट्टरता छैन | यदाकदा केही हिन्दू संगठनहरूले “बौद्ध पनि हिन्दू नै हुन्” भनेर बौद्धहरूलाई हिन्दूकै हाँगाको रूपमा ब्याख्या गर्छन् | एस्तो अनुचित प्रयासले बौद्धसमुदायमा हिन्दूहरूप्रति अविश्वास बढ्छ | बौद्धहरू भगवान् बुद्धका अनुयायी हुन् | ॐकार परिवारका नाममा हिन्दूहरूले बौद्धहरूसंग “छोटा भाई”को ब्यबहार गर्नुहुँदैन | बौद्ध, जैन, बोन, किरातआदि प्राचीन तथा नवविकसित धार्मिकसमुदायहरूसंग समानताको सम्वन्ध स्थापित गर्दै “धर्मपरिवर्तन, सांस्कृतिक सुरक्षा तथा परस्पर सहभागिताको विकास गर्नुपर्छ नेपालमा यसको लागि अग्रसरता लिने कार्य ठूलो समुदाय भएको नाताले हिन्दूहरूले नै लिनुपर्छ | यसैमा नेपाल र नेपालीको भलो हुन्छ | हिन्दू, बौद्ध, जैन, बोन, किरात सबै नेपालका आफ्ना रैथाने धार्मिकविश्वास हुन् | यिनले एकअर्कालाई सम्मान गर्नसक्छन् र नेपाली समाजका विचमा एस्तो समावेशीपनको अत्यत्न योजनापूर्वक प्रवर्धन हुनुपर्छ | प्राचीन परम्परालाई जीवित राख्न हिन्दूहरूले मन्दिर बनाउंदा बुद्धको मुर्ति स्थापित गर्ने बौद्धहरूले गुम्वा तथा चैत्यहरूमा हिन्दू-देवदेवीको मूर्ति राख्ने प्रचलनको पुन्रोत्थान गर्ने प्रयत्नतिर ध्यान दिन सकिन्छ | जरोकिलो प्रतिष्ठान नेपालको अग्रसरतामा वर्तमान राजनैतिक प्रतिमानलाई विस्थापित गरेर “राज्यराष्ट्र”को स्थापनाको बहस चलिरहेको छ | यो वहसमा सबैले हिस्सा लिनुपर्छ | नेपालको प्राकृतिक समावेशीपन जोगाउन वर्तमान राजनैतिक प्रतिमान विस्थापित हुनैपर्छ | यस्तो राजनैतिक प्रणालीको स्थापना गर्न जरोकिलोसंग जोडिनुको कुनै विकल्प छैन | हिन्दू-बौद्ध जागरणको प्रमुख मुद्दा पनि प्रतिमान परिवर्तन हुनुपर्छ | हिन्दू जागरणको महाभियान होस् वा जरोकिलो आन्दोलन वा अन्य कुनै आफ्नो धर्म-संस्कृतिको रक्षाको लागि चिन्तित व्यक्ति वा समुदाय नै किन नहुन् सबैले साझा-शत्रुका रूपमा धार्मिक, सांस्कृतिक तथा सामाजिक असहिष्णुताको खेती गर्ने “युरोपेली-प्रतिमान”लाई बुझ्नुपर्छ | आओं, सबै मिलेर नेपाललाई विश्वको केन्द्रविन्दूको रूपमा स्थापित गर्न “नेपालको प्राचीन समावेशी संस्कृतिको” पुनरोत्थान गरौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *