बहुसंख्यक सचेत भनिने नेपालीहरु साँच्चै जल, जमिन र जंगलको विषयमा सरोकार राख्नु भनेको विकासेहरुको मात्र काम सोच्दछन् । भोलिको कुरा होइन आजलाई मात्र प्रधानता दिन्छन । आज पनि अझ आफ्नै हितसँग मात्र सरोकार राख्दछन् । थप प्रकृतिलाई त्रूmर हस्तक्षेप गरेर आधुनिकता र औद्योगिकता हुन्छ भन्ने मान्यता पनि राख्छन् । जंगलको कटाईले हिमालय पग्लिरहेको र बर्षातलाई असर परेको ठम्याउन सक्दैनन् । आज किन बर्षातमा पहिला जस्तो पानी पर्दैन ? उब्जाउ भूमि किन मरुभूमि बन्दैछ ? आजको उब्जाउभूमि भोलि बालुवामा फेरिहेको किन हामी देख्न सक्दैनौ ? यो विषयको व्यवहारिक अध्ययन गर्न पाँचखाल उपत्यका पुगे हुन्छ ।
राजधानीबाट मात्र ३४ किलो मिटर अरनिको राजमार्गमा पूर्व लाग्दा पाँचखाल गाविस सुरु हुन्छ । यो पर्यटन क्षेत्र हो भने त्यहाँका डाँडाकाँडाहरु अहिले भूमाफिया र सहरियाहरुका कब्जामा लालपूर्जाहरु परिसकेका छन् । पाँचखालको मुटु भएर झिगु खोला बग्छ । झिगुको कुनै स्थायी जलस्रोतको प्राकृतिक मुहान भने छैन् । धुलिखेलको गौखुरेश्वर, छहरे, खहरे भएर सुरु हुने झिगु खोला सुँगुरे र डाँफे खोला मिसिएर बनेको झिगु खोला जलाधार क्षेत्रभित्र १३ गाउँ विकास समिति पर्दछन् ।
अर्थात १३ गाविसका हजारौँ जनताको हृदय धमनी हो, झिगु खोला । यो उप्बउ भूभाग वन÷जंगल रहँदा र आधुनिक खेतीमा लम्कनु पहिला अहिले डोबमा मात्रै देखिने झिगु खोलामा प्रशस्त पानी बग्दथ्यो, जताततै पानी घट्ट पनि हुन्थे र काकाकुल बन्नु पर्दैनथ्यो । आधुनिकतासँगै जंगल नासिन थालेपछि हराभरा देखिने डाँडापाखाहरु उराठलाग्दो ढिस्कोमा फेरिए । प्रकृतिलाई दोहन गराउन र अत्याधिक फसल लिनेको नाममा प्रयोग भएका विषादी र रसायनहरुले झिगु खोलालाई सार्ककै प्रदुषित नदी भनेर इसिमोडको एउटा अध्ययनले ठोकुवा ग¥यो । त्यहाँका किसानहरु आफ्ना विगतका कमजोरी सुधार्दै अहिले या त वैकल्पिक खेती सुरु गरेका छन् या त कुनै पनि हर्माेन र रसायन प्रयोग नगरेर जैविक खेती गर्न तम्सेका छन् । उपत्यकका उब्जाउभूमि भूमाफियाका सिकार बनेर पल्टिंगको पीडा ता छदै छ नै । अहिले त्यहाँको उर्वरा भूमिमा सिचाइ त कथा बन्छन्, पिउने पानीको पनि हाहाकार छ । पँधेरो र धारा झगडाका विषय बन्छन र पँधेरा कुवामा कतैकतै ताल्चा लगाउनुपर्ने नोहमत समेत आइसकेको छ ।
सिंचाईको वैकल्पिक व्यवस्था गरिएन भने राजधानीलाई तरकारी र फलफुल गोरस् आपूर्तिको प्रमुख केन्द्र आउँदो दशकमै मरुभूमि त बन्ने छ नै । सिंचाईका सम्भावना रोशी, कोशी र इन्द्रावतीले नदिएका हैनन् । टनेल एरिगेसन वा लिप्mट एरिगेसनका प्रसस्त सम्भावना भएको विज्ञहरुको भनाई पनि छ ।
तर सरोकारवालाहरुको उदासिनताले अभिभावकविहीन टुहुरो बन्दै गएको सो जलाधार क्षेत्र अब केही वर्षमै मरुभूमि बन्ने ब्यग्र प्रतिक्षामा रहेको छ । यो मेरो जन्मथलो हो । यहाँको पिडामा आफ्नै किड्नी बेचेर जस्ता पाता लगाएका घर वा सिमेण्ट ढलान गरेका घर बनाइन्छ र यसै पेरीफेरीमा आफ्ना चेली मानव बजारमा बम्बै बेचिन्छ भने पर्यावरण र भोलीको मरुभूमि बन्ने चासो कस्ले राखोस् !
विगतमा सामुदायिक बन अभियानले उजाडिदै गएका पाखाहरु हराभरामा देखिन त अहिले थालेका छन् तर सरकार नीति भने पर्यावरण मैत्री अझै देखिदैन । सामुदायिक वनले लभ ग्रीन मनोभाव, हरियाली र जिन्दगीका युगीन नातालाई व्यवहारिक अर्थ दियो । हरियालीको मोह बढायो, लभग्रीन संस्कृति झाँगिँदै गएर सामुदायिक वनको नमुना बन्दै गए पनि । विगतबाट पाठ सिक्दै गएको सो उपत्यकामा अहिले भने मार माथि हेमार थपिएको छ –
दुईटा सामुदायिक वन नासेर औद्योगिक क्षेत्र बनाउने सरकारी योजना । यो योजना पर्यावरण विमैत्री योजनाकारहरुको अर्को पीडा बन्यो – होक्से गाविसको वडा नं. ३ को शिखरपुर सामुदायिक वन र ४ नम्वर वडामा रहेको सुवर्णश्वरी देवी नामक दुईटा सामुदायिक वन नासेर औद्योगिक क्षेत्र बनाउने सरकारी नीति । यसको दुरगामी असर के र कसो पर्छ भन्ने कुरा स्थानीयहरुको सरोकारको विषय अझै बन्न सकेन् ।
जंगल माफिया, भूमाफिया र सरकारी कर्मचारीको एउटा अनौठो अघोषित सिण्डकेटले अक्रान्तः बन्न पुग्यो पाँचखाल उपत्यका र त्यसको दीर्घकालिन असर र पिडामा प¥यो झिगु खोला जलाधार क्षेत्र । आधुनिकताको नाममा भविष्यको मरुभूमि बनाउने योजना सक्रियता साथ बढ्दा आउने समयमा के कसो होला भनेर हेक्का राख्ने र सरोकार राख्ने प्रत्यक्ष असरपर्ने र पार्नेहरुको अगुवाई अझै भएन् ।
राजनीतिक दल उदासिन बने भने नागरिक समाजको शीर्षक बन्न सकेन, पाएन । मुद्दाका खोजीमा रहने विकासेहरुको पनि अझै त्यता नजर पर्न सकेको छैन । पर्यावरण राजनीतिक मुद्दा बन्न नपाउँदा त्यसका प्रत्यक्ष असर पनि सरकार र नीति निर्माताहरुलाई परेको छैन् । यो कथा पाँचखाल उपत्यकाको भए पनि यो अन्यन्त्र पनि छ ।
अन्यन्त्र मूलुकमा भने ग्रीनपिस आन्दोलन क्रमशः राजनीतिक क्षेत्रमा शक्तिशाली बन्दै गएको छ । कुनै पनि राजनीतिक पार्टी र सरकार यसबाट उदासिन हुनै पाउँदैन । ग्रिनपिस आन्दोलनलाई औद्योगिक राष्ट्रका सरकारहरुले मन पराइरहेका छैनन् भने आधुनिक साम्राज्यवादी शक्तिहरुले आधुनिकता विरोधी भनेर गम्भीर विषयलाई अन्यन्त्र मोडेर रैथानेहरुलाई भ्रमित पनि पारिरहेका छन् । त्यस्तै नेपालमै पनि उच्चवाँधहरु सरोकारका विषय त छन् नै अर्को सरोकारको विषय बनेको छ सामुदायिक बन नासेर औद्योगिककरण गर्ने खेल ।
पाँचखालको सामुदायिक वन नासेर औद्योगिक क्षेत्र बनाउने विषय र त्यसको असर, प्रभाव, सामाजिक उदासिनताले एकै पटक अनेकौ प्रश्न तेर्सिए । तत्कालको हित साधन गर्न थाल्दा दीर्घकालिन के समस्या पर्छ भन्ने चेत सामान्यजनमा नहुनु स्वभाविकै हो तर नीति निर्माता र सामाजिक अगुवाहरु र सरोकारवालाको उदासिन देखिनु भनेको आश्चर्य र दुर्भाग्य पनि बन्यो । अझ राजनीतिक पार्टीहरुले तत्कालको राजनीतिक खिचातानी र सत्ताको भ¥याङ वा आग्रहको प्रतिशोध लिन मात्र सकृय हुँदा दिर्घकालिक महत्व राख्ने यस्ता विषयहरु उनीहरुको बहस र आन्दोलनको एजेण्डामा तपशीलमा पार्दछन्, राख्दछन् । नेपाली राजनीति मुद्दामा भन्दा आग्रहले संचालित हुने सस्कृति हावी भएको हुँदा सामाजिक सरोकारका मुद्दाले राजनीतिक नेतृत्व पाउन सकेको हुँदैन । समाज अत्यन्तै राजनीतिक आग्रह र दल विषयमा विभाजित हुँदा सामाजिक नेतृत्वको अभाव खटकिन्छ । सामाजिक सर्वमान्य नेतृत्वको विकास हुन विश्वासको संकट पनि त्यतिकै बढेकोले सामाजिक सरोकारका विषयहरु टुहुरा बन्दै गएका हुन्छन् । सामाजिक विश्वास आर्जन भनेको अत्यन्तै चुनौती र समयमा मूल्य तिरेको व्यक्तिबाट व्यक्तित्वमा फेरिएकाले मात्र गर्न सक्छन् ।
हरेक विषयलाई राजनीतिक चश्मा र आग्रहको आँखीझ्यालबाट नियाल्दा सामाजिक नेतृत्व क्रमशः नेपाली समाजमा हराउँदै गएको छ । स्थानीय सरोकार र सामाजिक मुद्दाहरु अभिभावकहीन बन्दा त्यस्ता विषयहरुको असर तत्काल त देखिदैन तर दुरगामी असर भने गम्भीर हुनेगर्छ । जहिले पनि आधुनिकताले सामाजिक संरचना त खज्बज्याँउछ नै तर त्यसका विकल्प हुने गर्छन् ।
जबसम्म विकल्प हुन्छ त्यस्ता संरचनाहरु खज्वज्याउन् र पर्यावरणको क्षय गराउन स्थानीयहरुले अनुमति दिनु भनेको आफ्नै घुँडामा बन्चरो हान्नु जस्तो मात्रै हुन पुग्छ । पाँचखाल उपत्यकासँग जंगल ननासिकन पनि औद्योगिक क्षेत्र स्थापना गर्ने वा सुख्खा बन्दरगाह बनाउने प्रशस्त जमीनहरु छन् । प्रत्यक्ष असर पर्नेहरु, उपत्यकाको दीर्घकालिन हित सोच्ने र झिगुखोला जलाधार क्षेत्रलाई मरुभूमिकरणबाट बचाउनेहरु लभग्रीन हुनैपर्छ र आधुनिक गहना बनेका सामुदायिक वनको रक्षा गर्दै पर्यावरणप्रति चनाखो भएर मात्रै सामुदायिक वनको रक्षा गर्नु सक्छन् समयमै चेत भया …… झिगुखोला जलाधारवासी ।
विकल्प हुँदाहुँदै किन पर्यावरणको नाश र जल, जंगल र जमीनको क्षयको विषय राज्यको सरोकारमा पर्दैन ? आधुनिकीकरणमा के के विषयलाई ध्यान दिनु पर्दछ ? के अहिले गरेका भनिएका विकासहरु कालान्तरमा विनासमा फेरिन्छन् भने त्यसको अपराधको जिम्मेवार को हुने ? अहिले पर्यावरणको सरोकार, उच्चबाँध विरोधीहरु, वन–जंगल नासिँदा हुने दीर्घकालीन असरको मुद्दा बनाउनेहरु, हिमक्षेत्र पग्लँदा समग्र जीवजीवात्मालाई पार्ने प्रभाव र असर बारेका बहस एवं ग्रीन आन्दोलनहरु संसारैभर उठिरहेका छन् । नेपालमा भने पर्यावरण भनेको विकासे खेतीमात्र बनेको छ । जनसरोकार र राजनीतिक मुद्दा अझै बन्न सकेको र पाएको छैन ।(
स्रोत- नागरिक राष्ट्रिय दैनिक -नरेन्द्रजंग पिटर
पश्चिमा हरुले चीन को three gorges dam निर्माण को क्रम मा पृथ्बी को चाल मा नै असर गर्छ भन्ने जस्तो नचाइदो हल्ला फैलाएर बिकास निर्माण को काम रोकने प्रयास धेरै गरे तर चीन ले तेस्ता नचाईदो हल्ला को पछि नलागी देश बिकाश को बाटो मा हिड़यो र त आज संसार कै सबभन्दा ठूलो dam बनाउन सफल भयो ,अनि ६० करोड जनता लाई बिधुत पुराउन सफल भयो । भने करोडौ जनता लाई सिंचाई सुबिधा उपलब्ध गराउन सक्षम भयो। त्यो एक उदाहरण हो प्रकृतिक स्रोत को सही उपयोग को।प्राकृतिक स्रोत को उपभोग आफ्नो पीडी लाई पनि होस अनि संतति लाई पनि ,प्राकृतिक स्रोत को संरक्षण को नाम मा बरसौ देखि तेतिकै खेर गईरहेका स्रोत को उपभोग हाम्रै पीडी बाट गर्न सुरू गर्नु पर्छ नत्र त्यो एकदिन पूर्ण खेर नै जाने नै हो। commision को खेल मा बिकास निर्माण को काम रोक्न अहिले नेपाल मा सबभन्दा सजिलो बहाना भएको छ ,’बतबरणीय प्रभाब मूल्यांकन’। तेसैले तेस्तो हुन नदीन संरक्षण सहित पूर्ण उपभोग को नीति लिनु नै बुद्दिमत्ता होला ।अनि पाँचखाल को संदर्भ मा भन्नु पर्दा पाँचखाल उपत्यका एक मद्यपुरबी पहाड को उर्बर भूमि हो ,२/४ बर्ष अघि सम्म पानी को स्रोत धेरै थियो भने जंगल को मात्रा काम थियो ,अहिले यो ठाउ काकाकुल भएको छ भने जंगल बडेको छ ,यो कुनै उधोग धन्दा को स्थापना ले भएको हैन नत यो अति उपभोग को कारण ले नै हो ,यो एक अध्यन हुन नै बाकी छ,तर एस्तो बिसम आबस्था लामो समय रहिरहयो भने पँचखाल बासी उक्त ठाउ मा भयबह अबस्था आउने निश्चित छ,तेसैले उक्त क्षेत्र मा पानी संरक्षण गर्न को लागि नया नीति नियम नै बनाई काम गर्नु पर्छ भने कार्बन उत्सर्जन कम गरी तापक्रम संतुलन गर्ने नया सोच को साथ अघि बढनु पर्छ,भेरी-बबही डाईभरसन जस्तै भोटेकोसी-झिगू डाईभरसन जस्तो योजना लेराइ सम्पूर्ण पाँचखाल उपत्यका लाई सिंचित गर्ने प्रबंध गर्नु पर्छ बडी पानी सोसने प्रजातिको रुख लाई हटाई कम पानी सोसने खालको रुख रोपने काम गर्नु पर्छ। न्यूनतम पानी को प्रयोग गरी पानी संरक्षण नीति बानाइनू पर्छ ,अनि मात्रै पाँचखाल उपत्यका मा प्राकृतिक संतुलन रहिरहन मद्दत पुग्छ।