काभ्रेपलाञ्चोकको, पाँचखाल
अाज स्थानियहरु सार्वजनिक सुनाई गर्दै अान्दाेलनमा उत्रिएका छन ।
१५०० भन्दा वढि स्थानियहरु भट्टाकाे असर विरुद्द अाज पाँचखालम भेला भएका हुन् ।
स्थानियहरु वातावरण बचाउ अभियान संचालन गर्दै अन्तरकृयामा उत्रियसँगै कार्यक्रमवाट अतालिएकाहरुले कार्यक्रम विथाेल्ने प्रयास गरे पनि त्याे सफल हुन सकेन।
कार्यक्रममा अधिकांस बक्ताहरुले ईटाभट्टाका कारण
पाँचखालकाे कृषि र मानव स्वास्थ्यमा
गंभिर असर परेकाे भन्दै भट्टा हटाउनु पर्नेमा जाेड दिए ।
भट्टाकाे कारण धुवा धुलाेले बस्नै नसक्ने अवस्था सृजना भएकाे भन्दै उनिहरुले कि पाचखालवासिलाई स्थानान्तरण गर कि भट्टालाई हटाउ भन्दै सरकारकाे ध्यानाकर्ण गरे।
पाँचखालमा अहिले 7 बटा भट्टा र 1 वटा प्लाईउड कारखाना संचालनमा छ ।
कार्यक्रममा अधिकास्स वक्ताले भट्टा गैर कानूनि भएकाे दाविगरे
कागज र सेटिङ मिलाएर भट्टा दर्ता हुनु विडम्बना भएकाे स्थानियहरुले बताए
विध्यालय छेउ, जंगल र मानव वस्ति नजिक भट्टा संचालन हुनुमा कमिसन र छ्याकन प्रमुख रहेकाे भन्दै उनिहरुले जनतालाई झुक्याउनेहरुकाे पर्दा उगारिछाड्ने बताए
आज सम्पन्न बातावरण बचाउ कार्यक्रमलाई सम्बोधन गर्दै अभियानका सयोजक सुर्य बहादुर भेटवालले
स्थानिय जनताको अपार माया र भरोसा प्रति धन्यवाद दिदै , जनताको स्वास्थ्यको लागि जस्तो सुकै चुनौतिको सामना गर्ने तयार रहेको बतायका छन, कार्यक्रम चलि रहदा भट्टा सञ्चालक हरु द्वरा परिचालित स्याल गुण्डाहरुले अबरोध गर्ने खोज्य पनि स्थानिय जनताले सशक्त प्रतिकार गर्दै मुसा गुण्डाहरुलाई लखेटेका थिए। कार्यक्रममा उपस्थित हुने जानकारी दियर पाँचखाल नगरका मेयर महेस खरेल कार्यक्रममा गएनन।