प्रतिक क्षेत्रि
पाँचखाल नगरभित्र अवैध र मापदण्ड विपरित सञ्चालनमा रहेका इट्टाभट्टा र प्लाई कारखानाबाट निस्कने धुवा र खरानीका धुलोका कारण पाचखालवासी आन्दोलित भएका छन।दैनिक सयौटन कोइला बालेर निस्कने धुवा र खरानीका कारण आमजनता दिर्घरोगका शिकार हुने गरेका छॅ भने पशुचौपाया र कृषि उत्पादनमा समेत असर परेको छ ।यही गुनासो लिएर न पा र सम्बन्धित निकायमा जाने जनतालाई र यस विषयमा कलम चलाउने पत्रकार समेतलाई भट्टावालाहरूको हण्डी खानेहरूबाट धम्की समेत आउने गरेको छ।
उद्योग संञ्चालनको नाममा दैनिक समस्या खडा गर्ने उद्योग व्यवसायी र न पा को मिलोमतोमा आफ्नो गुनासो सुनुवाई नभएको र उल्टै धम्की समेत दिने गरेका कारण पाचखालवासी संघर्ष समिति नै बनाएर अघी बढ्दै गर्दा केहि दलाल र विचौलियाहरूले कार्यक्रम विथोल्ने प्रयत्न गर्दा पनि जनताको सामु निरिह बनेर फर्कनु परेको छ ।भने आफुलाई जनप्रतिनिधि हौ भन्नेहरू मुकदर्शक बनेर रमिता हेर्दै बसेका छन।मानदेवको शहर भनेर चिनिने पाचखालमा अनगिन्ती पुरातात्विक महत्वका भग्नावशेषहरू आज इटा बनेर नष्ट भैरहेको छ ।
स्कुल स्वास्थ्य संस्था मानवबस्ती र जंगलसंग जोडिएर सञ्चालनमा रहेका उद्योगहरूका विषयमा न त सरोकारवाला बोल्छन न त कारवाही हुन्छ ।बढी मुल्यमा इटा बेचेर कमि मुल्यको भ्याट बिल काट्ने,इटा किन्न जानेहरूलाई यहा इट्टाभट्टा राख्नु पर्छ भन्ने कागजमा औठाछाप लगाएर सहि गरे इटा दिने नत्र नदिने ।मापदण्डको कुरा होइन यो हाम्रो उद्योग हो हामी चलाउछौ भन्ने गलत र हेपाहा जवाफ दिने बढि उत्पादन गर्ने र घटी उत्पादन देखाएर भ्याट बिल नकाट्ने कृषीयोग्य भुमी लाई मरुभूमि बनाउदै भूमिगत पानीका स्रोत समेत दोहन गराउने गर्दा समेत न पा र अन्य सरोकारवाला निकाय मौन बसेको देख्दा लाग्छ ।
उद्योगीहरूले साच्चैमा मोटो रकम तिरेका रहेछन।नत्र भने हिजो आफुलाई भोट दिने जनताको विषयमा एकशब्द समेत नबोल्ने जनप्रतिनिधिहरूको यस्तो बाध्यता के छ।किन मौन बस्दैछन। अध्ययन र अनुसन्धानका लागि योग्य प्राचीन शहर (पलाञ्चोक) पाचखालको संरक्षण गर्न लाग्नु पर्ने जनप्रतिनिधिहरू किन दोहन गर्नेहरूकै पृष्ठ पोषणमा लागेका छन् ।
अब पनि पाचखालवासी मौन बस्ने र एक्लै भुभुताउदै हिड्ने हो भने केही वर्ष पछी पाचखालमा एक घर एक रोजगार हैन ।एक घर दो बिमार भन्ने नारा अवश्य सुहाउछ। चाहे जस्तो सुकै मुल्य चुकाउनु परे पनी पाचखालबासीले आफु र आफ्ना सन्ततीका लागि यो आन्दोलन गर्नु र निष्कर्षमा पुर्याउन जरूरी छ। आमजनताको हरेक आन्दोलनमा शासक र सामन्तहरूले हस्तक्षेप त गरेका उदाहरण थुप्रै छन् तर हरेक लडाईमा जनताले जितेका छन।जनताका सामु हरेक शासक पराजित भएका छन।त्यसैले पनि जित अन्तत जनताकै हुनेछ।
आम पाचखालवासीले अबको आन्दोलन भव्य र सभ्य बनाउदै अघी बढ्ने समय आएको छ।के पाचखालवासी जनताले कसैको उद्योग घाटामा जान्छ भन्दैमा सधै रोगको शिकार बन्नु आवश्यक छ।के आफुलाई फाइदा हुन्छ भन्दैमा उद्योगको नाममा जनताको स्वास्थ्य र वातावरणको समेत पर्वाह नगरी व्यवसाय गर्ने छुट कानुनले दिएको छ।यदी उद्योगको नाममा जे जे गर्दा पनी हुन्छ भने पाचखालवासीले पनी गोलभेडा फर्सी काक्रो मुला बोडी खेती हैन राम्रो फाइदा हुने गाजा अफिम खेती गर्ने छुट पाउछन त ?यो प्रश्न सरकारी कार्यालयलाई जो यस हेपाहा प्रवृत्तिलाई उद्योग र उद्योगीको संज्ञा दिँदै आएका छन् । त्यसैले पनी जनप्रतिनिधि र सरकारको सरोकारवाला निकायले चाडो भन्दा चाडो यस आन्दोलनलाई सम्बोधन नगर्ने हो भने यसको आकार प्रकार र परिणाम न त जनप्रतिनिधिहरूले आकलन गर्न सक्छन न त सरोकारवाला निकाय र उद्योगीहरूले आज पाचखालवासीले उठाएको आवाज भोली भकुण्डे, धुलिखेल बनेपा हुदै देशभर सल्कन बेर लाग्दैन ।त्यस माथी जनताको मुद्दा उठान गर्ने विभिन्न पार्टी र संघसंस्थाहरूले पनी आगोमा घ्यु थप्ने मौका नदिदा जनप्रतिनिधि र सरोकारवाला निकायलाई फाइदा राम्रै होला।
https://www.facebook.com/pratik.xetri.5268