Best Online News From Nepal

पहिरोले बजारै बगायो, दुईको मृत्यु, १० बेपत्ता

गएराति ११ बजे कालिकोट जिल्लाको कोटवाडा गाविसमा पर्ने स्थानीय मुख्य हाटबजार लालिघाटमा गएको पहिरोले बजार बगाउँदा तीन जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन्।

पहिरोले बजारमा रहेका दुई दर्जनभन्दा बढी पसल बगाएको छ । पहिरोमा करिब  २० करोड रुपैयाँ बराबरको सामान क्षति भएको बुझिएको छ।
पहिरो गएपछि जिल्ला सदरमुकामबाट प्रहरी लगायतको टोली उद्धारका लागि खटिएको छ । जिल्लाबाट प्रहरीसहित प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक, प्रजिअ, नेपाली सेनाको टोली पुगेको छ ।  दबिएका शव निकाल्ने काम भइरहेकाले मृत्यु हुनेहरुको नाम एकिन गर्न समय लाग्ने प्रहरीले बताएको छ ।
अघिल्लो साता कालीकोट र दैलेखको बीचमा पर्ने दैखोलामा पहिरो जाँदा एक जनाको मृत्यु भएको थियो भने एक दर्जन पसल बगाएर रु ५० लाख भन्दा बढीको क्षति भएको घटना सेलाउन नपाउँदै यो अर्को घटना भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *