Best Online News From Nepal

पर्यटन प्रवद्र्धनमा ‘साङ्ग्रीला भिलेज रिसोर्ट’ : यस वर्ष पनि ‘आउँ है पोखरा’

पोखरा र यस आसपासमा पर्यटकीय सम्पदाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले साङ्ग्रीला भिलेज रिसोर्टले यस वर्ष पनि आउँ है पोखरा अभियानलाई निरन्तरता दिएको छ । पर्यटकीय नगरी पोखरासँगै वरपरका आकर्षण सम्पदाको पनि प्रवद्र्धन गरी बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले दुई दशकदेखि यस किसिमको प्रचारात्मक अभियान सञ्चालन गर्दै आएको छ ।

सामूहिक प्रयासको खाँचो
रिसोर्टले गतसाता राजधानीका ६० भन्दा बढी ट्राभल एजेन्सीका प्रतिनिधिलाई पोखरामा लगेर पर्यटन क्षेत्रको अभिवृद्धिका लागि सामूहिक प्रयास हुनुपर्नेमा जोड दिइसकेको थियो । “सरकारको मात्र मुख ताकेर पर्यटक आउँदैनन् रिसोर्टका कार्यकारी निर्देशक प्रवीणबहादुर पाण्डेले भने” “अब काठमाडौँमा माग होइन, देशलाई नै गन्तव्यस्थलको रुपमा विकास गर्ने गरी पर्यटन विकास गर्न सकिएमा मात्र देशको सन्तुलित विकास हुनसक्छ ।” अब सीमित पर्यटकीयस्थलको मात्र प्रचार गरेर नपुग्ने बताउँदै भूकम्पपछि ध्वस्त र जीर्ण बजेका पर्यटकीय सम्पदाको पुनःनिर्माण र जीर्णोद्धारसँगै यस क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सामूहिक प्रयासको खाँचो औल्याए ।

क्यासिनो खेल्नकै लागि आउँछन् विदेशी
राजधानीमा होटल ‘बुकिङ’को अवस्था गत वर्षको तुलनामा यस वर्ष केही सुधार देखिए पनि सन्तोषजनक रहेको छैन । यस वर्षको उच्च सिजनमा पनि पोखरामा ५० प्रतिशतभन्दा माथि ‘बुकिङ’  नभएको उनले बताए । नेपाल आउने कतिपय पर्यटक क्यासिनो खेल्नकै लागि आउने भएकाले यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारले विद्यमान ऐन नियमको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए । क्यासिनोबाट वर्षमा दुई लाखभन्दा बढी पर्यटक भित्र्याउन सकिने उनको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *