मंसिर २४ गते सोमबार,
पर्वत जिल्लाको ऐतिहासिक साँस्कृतिक तथा पर्यटकीय गाँउबाट चिनिएको दुक्तान गाँउमा निर्माण भएको दुक्तान गाँउ प्रर्वधनात्मक म्युजिक भिडियो मंसिर २१ गते राती एक समारोहको वीच विमोचन गरिएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको अवसरमा आएका दुक्तान गाँउमा स्थायी घर भई पोखरा, काठमाडौं तथा देशका विभिन्न स्थानमा बसोवास गर्ने तथा स्थानीय गाँउलेहरुको उपस्थितिमा गीतको विमोचन गरिएको थियो । गीतको महाशिला गाँउपालिका वडा नं. ५ का वडा सदस्य याम बहादुर गुरुङ, बौद्ध युवा क्लब, दुक्तानका अध्य्क्ष युवराज गुरुङ(सन्तु), स्थानीय बुद्धीजिवी भिम प्रसाद गुरुङ र सुनिल थापा ले संयुक्त रुपमा विमोचन गर्नु भएको थियो । गीतले दुक्तान गाँउको साँस्कृतिक पहिचानलाई अझ बलियो बनाउनुको साथै गाँउलाई अझ बढी पर्यटकीय स्थल बनाउन महत्वपुर्ण भुमिका खेल्न सहयोग गर्ने भन्दै गीतलाई सवै सामु पुर्याउन आवश्यक रहेको र गीत Youtube मा दुक्तान गाँउ Youtube च्यानल मा हेर्न सकिने पनि स्थानीय सुनिल थापा ले जानकारी दिनु भयो ।