नतिजा कसरी हेर्ने ?
परीक्षा नियन्त्रण कार्यलयले यस वर्षको एसइई परीक्षाको नतिजा शुक्रबार बिहान सार्वजनिक गरेको छ ।
परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७ सय ३२ छात्र र दुई लाख ७८ हजार ४ सय ५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १ सय ८२ परीक्षार्थी सहभागी भएका थिए ।
नेपाल टेलिकमको IVR सेवाको सटकोड १६०० मा फोन गर्ने, अथवा आफ्नो सिम्बोल नम्बर थिचेर एनसेल प्रा. ली. तथा नेपाल टेलिकमको सटकोड १६०० मा sms पठाउने । आफ्नो सिम्बोल नम्बर थिचेर आकाश टेक प्रा. ली. को सटकोड ३१००३, फोकशवान नेपाल प्रा. ली. को सटकोड ३५५६६, वान अफ कम्युनिकेशन को सटकोड ३३६२४, जानकी टेक्नोलोजी प्रा. ली. को सटकोड ३५००१, इजि सर्भिस प्रा. ली. को सटकोड ३४९४९ मा sms पठाउने । यस्तै उज्यालोको sms सेवा see टाइप गरेर सिम्बाेल नम्बर टाइप गरी ३५५६६ मा sms गर्न सकिन्छ ।