Best Online News From Nepal

पढेर पनि केही गर्न नसक्ने भारतका भिखारीहरु : अरु मुलुकमा यस्तो नहोस्

भारत विश्वकै समृद्धशाली मुलक बन्ने प्रतिष्पर्धामा छ । भौतिक तथा प्रविधिक विकासका क्षेत्रमा भारत निकै अघि बढिसकेको छ । यद्यपि, भारतका गरीबा जनताहरुको स्तर एकदमै दयनीय रहेको छ । सन् २०११ को जनगणना रिपोर्टमा बेरोजगार नागरिक उनीहरुको शैक्षिकस्तरबारे सार्वजनिक एक तथ्यांकका अनुसार भारतमा कुल ३ लाख ७२ हजार भिखारी रहेका छन् । जसमा धेरैजसो शिक्षित भिखारी रहेका छन् । भारतका यति धेरै भिखारीमध्ये २१ प्रतिशत शिक्षित रहेका छन् । उनीहरुले १२ कक्षा उत्तीर्ण गरेका छन् । यिनै भिखारीमा ३ हजार भिखारीले कुनै न कुनै व्यवासयिक कोर्षमा डिप्लोमा गरेका छन् । साथै उनीहरुद्ये ग्राजुएट र पोस्ट ग्राजुएट पनि गरेका छन् ।

आफ्नो रहरले नभएर बाध्यतावश भिखारी हुनुपरेको गुनासो उनीहरुको छ । यी भिखारीमध्ये अधिकांशले पढे लेखिसकेपछि आफ्नो डिग्री र शैक्षिक योग्यताको आधारमा सन्तोषजनक नोकरी नपाएपछि भिखारी बन्न पुगेको बताएका छन् । ५२ वर्षीय दशरथ परमारले गुजरात यूनिभर्सिटीमा एमकमकी डिग्री लिइसकेका थिए । दशरथ पहिले सरकारी नोकरी खान चाहन्थे तर यो चक्करमा लाग्दा उनको भएको निजी कम्पनीको नोकरी पनि गुम्यो, परिवारका लागि कुनै सहारा नै रहेन । उनका तीनजना छोराछोरी रहेका छन् । अहिले उनी सित्तैमा खाना खुवाउने संस्थाको भरोसामा जिन्दगी चलाइरहेका छन् । पैसामै अभावमा विरामी आमाको उपचारसमेत गराउन सकेनन् उनले ।

४५ वर्षीय दिनेश खोधाबाईले १२ पास गरेका छन् । उनी राम्रोसँग अंग्रेजी पनि बोल्न सक्छन् तर पनि बेरोजगार छन् । ‘म गरिब छु, इमान्दार पनि छु । नोकरी गर्दा भन्दा बढी कमाइ हुने भएकाले म भिख माग्छु’, उनी भन्छन्, ‘म यसअघि अस्पतालमा वार्डब्वाई थिएँ । मेरो तलब दिनको सय रुपैयाँ हुन्थ्यो । जबकि यहाँ म दैनिक २ सय रुपैयाँ कमाउँछु ।’ केबल दिनेशमात्र होइन उनीसँगै ३० जना अरु भिखारी पनि अहमदाबादको भद्रकाली मन्दिर नजिकै भिख माग्छन् । प्रत्येक दिन बिहान भिख माग्नुअघि उनीहरुको समूह एकै ठाउँ बसेर चिया पिउँछन् । यो चिया पनि दोकानदारले उनीहरुलाई सित्तैमा पिलाउँछन् ।

मुम्बईमा बस्दै आएका अशोक जयसुरले १० कक्षासम्म पढेका छन् । तर आजकल उनी अहमदाबादको लाल दरवाजा इलाकामा भिख माग्छन् । अशोक पहिले सुरक्षा गार्ड थिए । उनी ड्युटीमै रहँदा आँखाको ज्योति गयो । ज्योति गुमेपछि उनले अन्यत्र नोकरी खोजे तर पाउन सकेनन् । त्यसपछि बाध्यतामा परेर उनी भिखारी बने । सडक र गल्लीमा भिख मागेरै अशोकले आफ्ना नौ छोरी, पत्नी र आफ्नो पेट भर्दै आएका छन् ।

भिखारीका लागि काम गर्दै आएको गैर सरकारी संगठन मानव साधनाका बीरेन जोशीका अनुसार भिखारीलाई भीखमा सजिलै पैसा मिल्छ । यही लालचमा परेर पढेलेखेका भिखारीले पनि यो पेशा छोड्न मान्दैनन् । समाजशास्त्री गौराङ्ग जानी भन्छन्, ‘जब ग्राजुएसन सकेका मानिसहरु भीख मागिरहेका हुन्छन्, त्यसको मतलब देशमा बेरोजगारीको समस्याले धेरै गम्भीर रुप लिएको बुझ्नुपर्छ ।

 

Source: BusunessSansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *