Best Online News From Nepal

नोकिया र ब्लाकबेरीका मोबाइलमा ह्वाट्स एप सेवा बन्द हुँदै

अब नोकिया र व्ल्याकबेरीमा ह्वाट्स एप नचल्ने भएको छ । ग्लोबल मेसेजिङ सर्भिस ह्वाट्सएपले यो बर्षको अन्त्यबाट नाकिया र ब्ल्याकबेरीका फोनहरुमा आफ्नो सेवा बन्द गर्ने जनाएको छ । नोकियाका एस ४०, साम्बियन एस ६०, एन्ड्रोइड २.१, २.२ र विन्डोज फोन ७.१ अपरेटिङ सिस्टम भएका मोबाइलहरुमा ह्वाट्सएप नचल्ने भएको हो । फेसवुकले आफ्नो व्लगमार्फत यसबारेमा जानकारी गराएको छ ।

 

पटकपटक अनुरोध गर्दा पनि मोवाइलको क्षमता विस्तार नगरिएकाले विभिन्न किसिमका फिचर अपग्रेड गर्ने क्रममा यी मोबाइलहरुमा यो सेवा नचल्ने भएको फेसबुकले जनाएको छ । ह्वाट्सएप प्रयोग गर्ने हो भने अपग्रेड मोबाइल डिभाइस प्रयेग गर्नुपर्ने फेसबुकको ब्लगमा उल्लेख छ । आफ्ना आफ्न्त र परिवारसंग सामिप्यतामा रहन यसले निकै सहयोग गरेको थियो तर हामी यो कठिन निर्णय लिन वाध्य भएका छौं, व्लगमा भनिएको छ ।

 

केही समययता इन्टरनेट प्रयोगकर्ताहरुमा ह्वाट्स एप एकदमै लोकप्रिय बन्दै आएको छ । ह्वाट्सएप गत फेब्रुअरीमा विश्वमा एक अर्ब प्रयोगकर्ताको क्लवमा प्रवेश गरेको थियो । सन् २०१४ मा ह्याट्सएपलाई फेसबुकले १९ खर्ब रुपैयांमा किनेको थियो । ह्वाट्सएपमा दैनिक ४२ खर्ब मेसेजहरु, एक खर्ब ६० अर्ब फोटोहरु र २५ अर्ब भिडियोहरु आदानप्रदान हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *