Best Online News From Nepal

नेपाल साफ च्याम्पीयनसीपको फाइनलमा प्रवेश, बंगलादेशलाई ४-२ हरायो

यू-१५ साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले आइतबार चिरप्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा बंगलादेशलाई ४-२ गोल अन्तरले पराजित गर्दै नेपालले भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो।

खेलमा नेपालका लागि आकाश बुढा मगरले खेलको छैठौं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। उनले डिबक्सभित्र पाएको अवसरलाई सदुपयोग गर्दै सुन्दर गोल गरेका थिए। खेलको ३० औं मिनेटमा आकाशले दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएका थिए। पहिलो हाफमा २-० गोलअन्तरले अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप गोल गर्नुका साथै दुई गोल खान पुगेको थियो।

दोस्रो हाफको ६५औं मिनेटमा बंगलादेशका खेलाडीले आत्मघाती गोल गरेपछि नेपालले ३-० को अग्रता बनाएको थियो। तर दुई मिनेटभित्र लगातार दुई गोल गरेपछि बंगलादेश खेलमा फर्किएको थियो। बंगलादेशका फोयसलले ७२ औं र ७४औं मिनेटमा गोल गरे। खेलको इन्जुरी समयमा ब्रिजेश चौधरीले गोल गरेपछि नेपालले ४-२ को जित निकाल्न सफल भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *