Best Online News From Nepal

नेपाल विश्वभरिका नेपालीहरूको स्वाभिमानी शिर हो।

कनकधारा स्वामी स्वदेशानन्द……………………..

 

prithvi-narayanshah-king

नेपाल विश्वकै नेपालीहरूको अभिभावक र माइती राष्ट्र हो। नेपालीहरू विश्वको कुनै देशमा गएर प्रधानमंत्री हुन्छन् भने नेपालको स्वाभिमान बढ्छ,घट्दैन । नेपालदेखि बाहिर हजारौं नेपाल र गोर्खालैंड़ बनिए पनि नेपाल नेपाल नै रहन्छ अनि नेपालको स्वाभिमान र पहिचान घट्दैन। नेपाल विश्वभरिका नेपालीहरूको पैतृक राष्ट्र हो। पिता पुत्रको प्रगतिमा गर्ववोध गर्छन् । गरिब देखेर आमा-बाउको अपमान गर्नेहरू कृतघ्न हुन् । विश्वकै नेपालीहरूको अहित चाहनेहरूको षड्यंत्रमा नफँसी विवेकपूर्ण अभिव्यक्ति गर्ने आग्रह गर्छु सबैमा। कुनै व्यक्तिको अभिव्यक्तिमाथि टिप्पणी गर्दा लाज र मर्यादा समाप्त नगरौं । देशको नागरिकता बोकेर देश जाने जस्तो हैन,भूमिपुत्र भएर देशको गरिमामय गरिमा कायम गरौं । अर्काको हैन,आफ्नाको भर परौं। नेपालमा बस्ने र नेपालदेखि बाहिर बस्ने कुनै पनि नेपालीले नेपाल र नेपालीमाथि आँच आउने अभिव्यक्ति र कर्म नगरौं । गोर्खा र नेपाली एउटै हो। मलाई गोर्खाको राई र नेपालीको राई भित्रको पार्थक्य अनि नेपालीको खनाल र गोर्खाको खनालको पार्थक्य त देखाऊन् विभेदकारीहरूले। नागरिकता र राष्ट्रको सीमा हुन्छ,जातिको हुँदैन भन्ने कुरा नरेन्द्र मोदी र राजेन्द्र महतोबाट सिकून् पाखण्डी पथभ्रष्टहरूले। क्षेत्रीय मुद्दाहरूलाई लिएर रगतको साइनो नबिगारौं।नेपाल विश्वका नेपालीहरूको स्वाभिमानी पहिचान हो।

ठूलै षड्यन्त्रको शिकार हुँदैछ नेपाली समुदाय ….

भारतमा नेपालीहरूको जाति मात्र छ। नेपालमा नेपालीहरूको देश मात्र छ। भारत र नेपालका नेपालीको एकता देखेर नेपाली बीच फूट डाल्ने कुनै ठूलै षड्यंत्रको शिकार हुँदैछ नेपाली समुदाय । नेपालभित्रकै सी के राउत, सरिता गिरी, राजेन्द्र महतो तथा नरेन्द्र मोदीको फोटो बोकेर नेपाल र नेपाली संविधानको विरोध गर्ने हाँचको अपराध भन्दा ठूलो अपराधको रूपमा सीमा सुवेदीलाई फोकस गर्नुले के सिद्ध हुन्छ भने यस कार्यमा कुनै नेपाली विरोधीहरूकै हात रहेको छ। नेपालका नेपालीहरूको परस्पर जाति बीच विभेद गराउनेहरूकै मल जलमा हुर्किएको छ यो सीमा काण्ड पनि। हरिवंश आचार्यले सम्म सीमामाथि बोल्नु भनेको असहिष्णुताले सीमा नाघेकै हैन त? सीमाले नेपालीहरू भारतमा भाँड़ा माझ्न आउँछन् भनिन् भने दिनुपर्ने जबाफ छाड़ा शव्द र गाली मात्र हो? सीमाको हजुरबाउ पनि त भाँड़ा माझ्न, लुगा धुन, गाई चराउन वा बनिबूतो गर्नै त आएका होलान्! आवश्यक विषयलाई भँगाल्न गरिएको षड्यंत्रलाई भाइरल नगरौं । वैश्विक नेपालीको हित चाहने हो भने मेरो यस कुराको भाइरल गरौं । परचक्रीको हैन,आफ्नाको भर परौं। नेपाली नेपालीको वैरी हैन । विश्वकै नेपालीहरूले नेपालीको शत्रु चिनौं। स -साना कुरामा अल्झिएर रगतको साइनो नबिगारौं। आपसी सम्बन्ध सुधारौं। शत्रुलाई हँसाएर आफ्ना पूर्खाको आत्मा नरुवाऔं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *