Best Online News From Nepal

नेपाल भित्र लुकेको एउटा स्वर्ग : घुम्नलायक ठाउँ रुकुमको कमलताल

बाक्लो जंगल, जंगलकै बिचमा ताल । त्यहीबाट आखैअघि देखिने धौलागिरी र काञ्जिरवा हिमशृङ्लाका हिमालहरु । पहिलोपल्ट जाने जो कोहीलाई पनि लाग्दो हो–दिनभर तालको सौन्दर्यसंगै रमाईरहुँ । त्यसैले  त दैनिक जसो तालमा घुमघामको लागि एक दर्जनबढि आन्तरिक पर्यटकहरु आउने गर्छन् । रुकुम जिल्लाको रुकुमकोट गाविसमा पर्ने कमलताललाई नेपाल पर्यटन वोर्डले गन्तव्यको सुचिमा समेत राखेको छ । दुर्लभ जडिबुटि कमल पाईने राप्तीको एकमात्र कमलताल पर्यटकीय महत्वका हिसाबले पनि निकै महत्वपूर्ण छ । यो तालसंगै रुकुमको सबैभन्दा ठूलो देउराली गुफा रहेकाले र वरपर आधादर्जन मठमन्दिर समेत रहेकाले पनि पर्यटकहरुको रोजाईमा छ ।

rukumधार्मिक तथा पर्यटकीय दुबै हिसाबले महत्वपूर्ण मानिएको कमलतालमा करिब १५ जातका जलपन्छिहरुले डुबुल्कि मारिरहेको हेर्दा पर्यटहरुलाई मन्त्रमुग्ध पार्छ । वरीपरीका दर्जनबढि गाउको मनमोहकता पनि पर्यटकहरुको रोजाईमा छ । तालवरीपरी देखिने डाडापाखा,नजिकै पर्ने सिस्ने हिमाल तथा कारिञ्जिवा हिमसृङ्खलाका हिमालले पनि कमलताललाई थप सौन्दर्यमय बनाएको छ । यस तालबाट हिमसृङ्खला अन्तर्गत पर्ने सबै हिमालहरु देख्न सकिन्छ ।

मौसमअनुसार फरक– फरक दृश्यालवलोकन गर्न सकिने तालमा कमल फुलेको हेर्न आउनेहरुको कात्तिक मंसिर महिनामा निकै भिड लाग्ने गर्छ । २ किलोमिटर क्षेत्रफलमा फैलिएको कमलदह पुग्न रुकुम सदरमुकाम हुँदै तिन घन्टाको जीप यात्रापछि पुग्न सकिन्छ । सदरमुकामसम्म पुग्न भने काठमाडौँ र नेपालगञ्जबाट हवाई उडानहरु उपलव्ध छ भएपनि हाल बिमानस्थल निमार्णको क्रममा रहेका कारण केहि समयका लागि यो सम्भव छैन । सडकमार्गबाट आउनका लागि काठमाडौँ र दाङबाट आधा दर्जन  गाडिहरु संचालनमा छन् ।

जिल्लामा यो तालमा मात्र पाईने कमल लगायत तालको छेउछाउमा पाईने पाँचऔले, चुर्था, सिलपारो लगाएतका मुल्यवान जडिवुटिहरु तथा यस क्षेत्रमा बस्दै आएका विभिन्न वन्यजन्तुहरुले पनि ताललाई अझ महत्वपूर्ण बनाएका छन् । तालकै बिचमा रहेको विष्णुको मन्दिरले पनि पर्यटकहरुको आकर्षण बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *