राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित “अप्रेसनल कमाण्ड, व्यवस्थापन (OCM Level-2) तालिम छैठौं समूहको आज मिति २०७४ भाद्र ०७ गते प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच समापन भयको छ। कार्यक्रममा प्रमुख अतिथि बाट प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुको साथै निर्देशन सम्बोधन गर्नु भएको थियो भने तालिम संयोजक एसपी गोरख सिंह भण्डारीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।