नेपाल प्रहरीको आयोजनामा नेपाल प्रहरी अस्पताल महाराजगंजबाट खटिएका प्रहरी उपरीक्षक डा.संजिता घिमिरे सहितको टोलीले सोमबार बर्दिया जिल्ला गुलरिया नगरपालिका–२ संगमबस्तीमा बाढीबाट विस्थापित भएका बाढी पीडितहरुका लागि स्वास्थ्य शिविर संचालन गरेको छ ।
शिविरमा महिला २२९, पुरुष ८३, बालबालिका १७७ र अपाङ्ग १४ जना समेत गरी ५०३ जनाको स्वास्थ्य परीक्षण गरी औषधी समेत बितरण गरिएको थियो ।
स्वास्थ्य शिविरमा अंचल प्रहरी कार्यालय भेरीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक महेश विक्रम शाह, बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापा, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर बोहरा, स्थानीय जनप्रतिनिधी, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
कैलाली : सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पताल दिपायलको अयोजनामा बाढी पीडितहरुको लागि सोमबार कैलाली भजनी नगरपालिका–५ स्थित उपस्वास्थ्य चौकी लालबोझीमा निःशुल्क स्वास्थ्य परीक्षण गरियो । स्वास्थ्य शिविरमा ८४ जना महिला ३३ जना पुरुष र ४१ जना बालबालिकाको स्वास्थ्य परीक्षण गर्नुका साथै निशुल्क औषधी समेत बितरण गरिएको थियो ।
स्रोत- नेपाल प्रहरी