Best Online News From Nepal

नेपाल टेलिभिजनको निर्णयअनुसार नै सिधा प्रश्न कार्यक्रम बन्द गरिएको हो-नेपाल टेलिभिजन

सरकारका सय दिनको समीक्षा गर्न गत शनिबार  नेपाल टेलिभिजनको सिधा प्रश्न   कार्यक्रममा सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री गोकुल प्रसाद बाँस्कोटालाई अतिथि बनाइएको थियो। सोही कार्यक्रममा आफूले सोधेका प्रश्नको रिसमा मन्त्रीले कार्यक्रम बन्द गरिदिएको राजु थापाको आरोप  पछि नेपाल टेलिभिजनले राजु थापाको भनाई प्रति आपति जनाउदै भनेको छ,

‘नेपाल टेलिभिजन समाचार च्यानलको निर्णयअनुसार नै सिधा प्रश्न कार्यक्रम बन्द गरिएको हो,
-नेपाल टेलिभिजन
नेपाल टेलिभिजनबाट प्रत्येक शनिवार साँझ प्रशारण हुँदै आएको कार्यक्रम ‘सिधा प्रश्न’ मन्त्रीको आदेशमा बन्द भएको भन्ने खवरप्रति  गम्भिर आपति जनाउदै  नेपाल  टेलिभिजनले खण्डन गरेको छ ।


नेपाल टेलिभिजनका महाप्रवन्धक सचिन रोकाले उक्त कार्यक्रम बन्द हुनुमा सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाको कुनै संलग्नता नरहेको बताएका छन् ।

‘नेपाल टेलिभिजन समाचार च्यानलको निर्णयअनुसार नै सिधा प्रश्न कार्यक्रम बन्द गरिएको हो, कार्यक्रम बन्द गर्न मन्त्रीको कुनै निर्देशन छैन’ महाप्रवन्धक रोकाको भनाई छ ।suvham.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *