Best Online News From Nepal

नेपाल काे गाैरवमय अतीत

मुकुन्द शरण उपाध्याय——————-

]१ दक्षिण भारत मा देवदत्त पटनायके भन्ने विख्यात लेखक छन् । महाभारत का विषय मा अंग्रेजी मा लेखिएकाे उनकाे एउटा प्रसिद्ध ग्रन्थ छ ” जय ” । तेसमा पटनायके ले भनेका छन् ” नेपाल मा लेखिएकाे महाभारत कृति दक्षिण एशिया हुँदै जावा, सुमात्रा, इण्डाेनेशिया र बाँकी विश्व मा फैलिँदै जाँदा तेस भित्र का कथाहरू मा पनि नयाँ नयाँ कुरा थपिए ।

२ नेपाल का विद्वान् याेगी नरहरि नाथ ले वेद का सम्पादक, महाभारत का रचयिता र ब्रह्मसूत्र का लेखक वेदव्यास काे अाश्रम गण्डकी अञ्चल काे दमाैली मा थियाे भनेका छन् । तर महाभारत र अन्य प्राचीन ग्रन्थहरू मा व्यास काे अाश्रम भएका ठाउँहरू मा काैशिकीतट र बदरीवन काे समेत उल्लेख पाइन्छ । तर उक्त ठाउँहरू मध्ये बदरीवन कहाँ थियाे भन्ने मा विज्ञहरू एकमत छैनन् ।

३ राष्ट्रनिर्माता पृथ्वीनारायण शाह ले दिव्याेपदेश मा नेपाल असली हिन्दुस्थान हाे भनेका छन् । एस भनाई बाट के संकेत प्राप्त हुन्छ भने पृथ्वीनारायण काे उद्देश्य वैदिक संस्कृति काे मूल उद्गमस्थल पूर्व मा ब्रह्मपुत्र र पश्चिम मा सिन्धुनद तथा दक्षिण मा भागीरथी गंगा भएकाे भूभाग लाई एक बनाएर शायद ” वैदिक देश ” काे निर्माण गर्न चाहन्थे ।

४ स्वामी विवेकानन्द ले अाफ्ना प्रवचन मा भारतवर्ष काे उत्तरपूर्वी भूभाग मा हिमालय काे कन्दरा मा बसेर ऋषिहरू ले जुन ज्ञानविज्ञान काे अनुसन्धान गरे तेसकाे अभिलेख का रूप वैदिक वाङ्मय अाज पनि अाफ्नाे अाेजस्वी गरिमा का साथ विश्व मा विद्यमान छ भनेका छन् ।

५ भारत का अर्का विद्वान् साधक तथा लाेकप्रिय वक्ता श्रीश्री रविशंकर ले नेपाल भ्रमण का बेला काठमाण्डू काे खुला मञ्च मा प्रवचन गर्दा भनेका थिए मँ धेरै समय देखि एस पवित्र भूमि मा जहाँ सर्वप्रथम हिन्दूधर्म काे उदय भएकाे थियाे तेहाँ अाउन का लागी लालायित थिएँ ।अाज अाउन पाउँदा गाेरव काे अनुभव भैरहेछ ।

६ श्रीमद्भागवत पुराण मा सिन्धुसाैवीर देश का राजा ज्ञान प्राप्त गर्न मुक्तिक्षेत्र काे पुलहाश्रम मा अाएकाे वर्णन छ भने गीताप्रेस बाट छापिने कल्याण पत्रिका काे तीर्थ विशेषांक अनुसार विष्णुधर्माेत्तर पुराण मा (विवरण अज्ञात) बंग देश का राजा अरिमर्दन वेदरहस्य बुझ्न दामाेदर कुण्ड पुगेकाे वर्णन छ ।

७ एस्तै लिच्छवि काल मा नेपाल काे राष्ट्रभाषा संस्कृत थियाे । यी कुरा त केवल विषयप्रवेश मात्र हुन् । हिमवत्खण्ड नेपाल काे प्राचीन गरिमा र महत्ता का द्याेतक असंख्य कुरा छन् । हाम्रा शिक्षित नेपालीहरू काे ध्यान एस विषय तर्फ पनि नगई भएकाे छैन ।prithvi-narayanshah-king

Leave a Reply

Your email address will not be published. Required fields are marked *